back

देउवाको टिप्पणी : राष्ट्रपति प्रधानमन्त्रीको कार्यकर्ता जस्तो बनिन्

वि.सं.२०७८ असार १२ शनिवार

456 

shares
GLOBAL IME AD
NTC AD

असार १२, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ताजस्तो बनेको टिप्पणी गरेका छन् । शनिबार विपक्षी गठबन्धनले गरेको पत्रकार सम्मेलनमा उनले यस्तो टिप्पणी गरेका हुन् ।

देउवाले भण्डारीको शैलीप्रति दुःख लागेको बताए । ‘आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा राष्ट्रपति विद्यादेवी भण्डारीसँग बढी दुःख लागेको छ’, उनले भनेका छन्, ‘राष्ट्रपति भण्डारीले ओलीको कार्यकर्ताजस्तो भएर काम गर्नुभयो।’

‘आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा राष्ट्रपति विद्यादेवी भण्डारीसँग बढी दुःख लागेको छ’, देउवाले भनेका छन्, ‘राष्ट्रपति भण्डारीले ओलीको कार्यकर्ताजस्तो भएर काम गर्नुभयो।’

देउवाले आफूलाई १४९ सांसदले प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरे पनि राष्ट्रपतिले रातारात संसद विघटन गरेको भन्दै आपत्ति जनाए । ‘१४९ सांसद आउँदा पनि रातको दुई बजे विघटन गरिन्, केपीसँग भन्दा राष्ट्रपतिसँग दुख लागेको छ’ उनले भने ।

देउवाले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना हुने र आफूलाई प्रधानमन्त्री बनाउन आदेश हुने विश्वास व्यक्त गरेका छन् । ‘अदालतले प्रधानमन्त्री बनाओस् भन्ने होइन। संविधानको व्याख्या गर्ने सर्वोच्च अदालत हो भनेको हो। राष्ट्रपतिले को-कता छ भनेर सोध्नपर्ने हो। त्यो नगरी दुई बजे भंग गरियो’, उनले भने।

वि.सं.२०७८ असार १२ शनिवार १७:४२ मा प्रकाशित

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

काठमाडौँ । लगानी र प्रतिफल सुनिश्चित भएमा भारतीय व्यापारिक घरानाले...

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

काठमाडौँ । महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक ९१...

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका...

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

काभ्रेपलाञ्चोक । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक...

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरूबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरूबीच भेटवार्ता

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव र नेपालका लागि जापानका राजदूत...

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लुम्बिनी । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुनै...