back
CTIZAN AD

देउवाको टिप्पणी : राष्ट्रपति प्रधानमन्त्रीको कार्यकर्ता जस्तो बनिन्

वि.सं.२०७८ असार १२ शनिवार

795 

shares

असार १२, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ताजस्तो बनेको टिप्पणी गरेका छन् । शनिबार विपक्षी गठबन्धनले गरेको पत्रकार सम्मेलनमा उनले यस्तो टिप्पणी गरेका हुन् ।

देउवाले भण्डारीको शैलीप्रति दुःख लागेको बताए । ‘आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा राष्ट्रपति विद्यादेवी भण्डारीसँग बढी दुःख लागेको छ’, उनले भनेका छन्, ‘राष्ट्रपति भण्डारीले ओलीको कार्यकर्ताजस्तो भएर काम गर्नुभयो।’

‘आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा राष्ट्रपति विद्यादेवी भण्डारीसँग बढी दुःख लागेको छ’, देउवाले भनेका छन्, ‘राष्ट्रपति भण्डारीले ओलीको कार्यकर्ताजस्तो भएर काम गर्नुभयो।’

देउवाले आफूलाई १४९ सांसदले प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरे पनि राष्ट्रपतिले रातारात संसद विघटन गरेको भन्दै आपत्ति जनाए । ‘१४९ सांसद आउँदा पनि रातको दुई बजे विघटन गरिन्, केपीसँग भन्दा राष्ट्रपतिसँग दुख लागेको छ’ उनले भने ।

देउवाले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना हुने र आफूलाई प्रधानमन्त्री बनाउन आदेश हुने विश्वास व्यक्त गरेका छन् । ‘अदालतले प्रधानमन्त्री बनाओस् भन्ने होइन। संविधानको व्याख्या गर्ने सर्वोच्च अदालत हो भनेको हो। राष्ट्रपतिले को-कता छ भनेर सोध्नपर्ने हो। त्यो नगरी दुई बजे भंग गरियो’, उनले भने।

वि.सं.२०७८ असार १२ शनिवार १७:४२ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...