back

प्रचण्डलाई भेट्न किन पुगे विप्लवका नेताहरु ?

वि.सं.२०७८ असार १२ शनिवार

516 

shares
GLOBAL IME AD
NTC AD

असार १२, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताहरुबीच भेटवार्ता भएको छ । शनिबार प्रचण्ड निवास खुमलटारमा नेताहरु बीच भेटवार्ता भएको हो । प्रचण्डलाई भेट्न विप्लवका नेताहरु धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र उदय चलाउने ‘दीपक’ खुमलटार पुगेका थिए ।

नेता बास्तोलाले बताएअनुसार भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । नेकपाले अगाडि सारेका मुद्दाहरु (जनमत संग्रह र वैज्ञानिक समाजवाद)का विषयमा प्रचण्डसँग कुराकानी भएको उनले बताएका छन् ।

प्रगतिशील संयुक्त सरकार गठनका विषयमा पनि छलफल चलेको बास्तोलाले बताए । ‘समसामयिक नेपाली राजनीति, विघटित अवस्थामा पुगेको संसदीय व्यवस्था र नेपाल कम्युनिष्ट पार्टीले समाधान दिन प्रस्ताव गरेको प्रगतिशील संयुक्त सरकार, जनमत संग्रह र वैज्ञानिक समाजवादलगायतका विषयहरुमा छलफल भयो’, बास्तोलाले भनेका छन् ।

यसअघि गत बुधबार विप्लवका नेताहरुले जसपाका नेता डा. बाबुराम भट्टराईलाई पनि उनकै निवासमा पुगेर भेटेका थिए ।

No description available.

प्रतिबन्ध फुकुवा पछि पहिलो भेट

सरकारले ०७७ फागुन २० मा विप्लव नेतृत्वको नेकपामाथि लगाउँदै आएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो । प्रतिबन्ध फुकुवासँगै सार्वजनिक भएका विप्लवले हालसम्म पूर्वमाओवादी समूहका शीर्ष नेताहरु प्रचण्ड र बाबुरामसँग भेटघाट गरेका छैनन् । साथै उनी नेतृत्वको नेकपाका नेताहरुले पनि भेटघाट तथा छलफल गरेका थिएनन् ।

विप्लवसहितका नेताहरुले सत्तारुढ एमालेका नेताहरुसँग पटक–पटक संवाद गरेको भएपनि प्रचण्ड र बाबुरामलाई भने वेवास्ता गर्दै आएका थिए । उनीहरुले माओवादी केन्द्र छोडी एमाले प्रवेश गरेका नेता रामबहादुर थापा ‘बादल’सहितका नेताहरुसँग भने पटक–पटक भेटघाट गर्दै राजनीतिक संवादसमेत गरेका थिए ।

संसद विघटनको मुद्दामा विपक्षी गठबन्धनले आन्दोलनको तयारी गरिरहेको अवस्था र माओवादी केन्द्रले पूर्वमाओवादीहरुसँग एकताको प्रस्ताव गरिरहेको बेला प्रचण्ड र विप्लवका नेताहरुबीच भएको भेटवार्तालाई भने अर्थपूर्णं रुपमा लिन सकिन्छ । विप्लवका नेताहरुले संसदीय व्यवस्थाको विकल्प खोज्ने कम्युनिष्ट शक्तिसँग सहकार्य हुनसक्ने कुरा पनि सार्वजनिक रुपमै बताउँदै आएका छन् ।

वि.सं.२०७८ असार १२ शनिवार २२:५५ मा प्रकाशित

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

काठमाडौँ । लगानी र प्रतिफल सुनिश्चित भएमा भारतीय व्यापारिक घरानाले...

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

काठमाडौँ । महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक ९१...

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका...

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

काभ्रेपलाञ्चोक । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक...

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरूबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरूबीच भेटवार्ता

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव र नेपालका लागि जापानका राजदूत...

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लुम्बिनी । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुनै...