back
CTIZAN AD

प्रचण्डलाई भेट्न किन पुगे विप्लवका नेताहरु ?

वि.सं.२०७८ असार १२ शनिवार

1K 

shares

असार १२, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताहरुबीच भेटवार्ता भएको छ । शनिबार प्रचण्ड निवास खुमलटारमा नेताहरु बीच भेटवार्ता भएको हो । प्रचण्डलाई भेट्न विप्लवका नेताहरु धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र उदय चलाउने ‘दीपक’ खुमलटार पुगेका थिए ।

नेता बास्तोलाले बताएअनुसार भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । नेकपाले अगाडि सारेका मुद्दाहरु (जनमत संग्रह र वैज्ञानिक समाजवाद)का विषयमा प्रचण्डसँग कुराकानी भएको उनले बताएका छन् ।

प्रगतिशील संयुक्त सरकार गठनका विषयमा पनि छलफल चलेको बास्तोलाले बताए । ‘समसामयिक नेपाली राजनीति, विघटित अवस्थामा पुगेको संसदीय व्यवस्था र नेपाल कम्युनिष्ट पार्टीले समाधान दिन प्रस्ताव गरेको प्रगतिशील संयुक्त सरकार, जनमत संग्रह र वैज्ञानिक समाजवादलगायतका विषयहरुमा छलफल भयो’, बास्तोलाले भनेका छन् ।

यसअघि गत बुधबार विप्लवका नेताहरुले जसपाका नेता डा. बाबुराम भट्टराईलाई पनि उनकै निवासमा पुगेर भेटेका थिए ।

No description available.

प्रतिबन्ध फुकुवा पछि पहिलो भेट

सरकारले ०७७ फागुन २० मा विप्लव नेतृत्वको नेकपामाथि लगाउँदै आएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो । प्रतिबन्ध फुकुवासँगै सार्वजनिक भएका विप्लवले हालसम्म पूर्वमाओवादी समूहका शीर्ष नेताहरु प्रचण्ड र बाबुरामसँग भेटघाट गरेका छैनन् । साथै उनी नेतृत्वको नेकपाका नेताहरुले पनि भेटघाट तथा छलफल गरेका थिएनन् ।

विप्लवसहितका नेताहरुले सत्तारुढ एमालेका नेताहरुसँग पटक–पटक संवाद गरेको भएपनि प्रचण्ड र बाबुरामलाई भने वेवास्ता गर्दै आएका थिए । उनीहरुले माओवादी केन्द्र छोडी एमाले प्रवेश गरेका नेता रामबहादुर थापा ‘बादल’सहितका नेताहरुसँग भने पटक–पटक भेटघाट गर्दै राजनीतिक संवादसमेत गरेका थिए ।

संसद विघटनको मुद्दामा विपक्षी गठबन्धनले आन्दोलनको तयारी गरिरहेको अवस्था र माओवादी केन्द्रले पूर्वमाओवादीहरुसँग एकताको प्रस्ताव गरिरहेको बेला प्रचण्ड र विप्लवका नेताहरुबीच भएको भेटवार्तालाई भने अर्थपूर्णं रुपमा लिन सकिन्छ । विप्लवका नेताहरुले संसदीय व्यवस्थाको विकल्प खोज्ने कम्युनिष्ट शक्तिसँग सहकार्य हुनसक्ने कुरा पनि सार्वजनिक रुपमै बताउँदै आएका छन् ।

वि.सं.२०७८ असार १२ शनिवार २२:५५ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...