back
CTIZAN AD

पछिल्लो २४ घण्टामा देशैभरी थपिए २४७६ कोरोना संक्रमित, २७ जनाको मृत्यु

वि.सं.२०७८ असार ११ शुक्रवार

768 

shares

१० असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका २४७६ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ९,५८६ पिसीआर र ४,७६५ ऐन्टिजेन गरी १४,३५१ नमुना परीक्षणमा २,४७६ जना संक्रमित थपिएका हुन् ।

आज भक्तपुरमा ४३, ललितपुरमा ७६ र काठमाडौंमा ३०८ गरी उपत्यकामा ४२७ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा हालसम्म पिसीआर विधिबाट ६ लाख ३१ हजार १५२ जना र ऐन्टिजेन विधिबाट ३० हजार ६८९ गरी कूल ६ लाख ६१ हजार ८४१ जना संक्रमित भएका छन् । साथै ऐन्टिजेन र पिसीआर विधिबाट हालसम्म ३४ लाख ७९ हजार ६४२ वटा नमुना परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी २४७६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २४७६ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५ लाख ७६ हजार ४१३ पुगेको छ । निको हुनेको यो संख्या ९१.३ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका २७ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ८,९४५ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

मन्त्रालयका अनुसार हाल नेपालमा हाल ४५ हजार ७९४ जना संक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ४२,९१० र संस्थागत आइसोलेशनमा २८८४ जना रहेका छन् ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ७१४ र भेन्टिलेटरमा २०१ जनाको उपचार भइरहेको छ । बिहीबारको तुलनामा शुक्रबार भेन्टिलेटर र आइसीयुमा उपचार गराउनेको संख्या घटेको छ ।

आज २४७४ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु

वि.सं.२०७८ असार ११ शुक्रवार १७:३६ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...