back
CTIZAN AD

कर छुट गर्न व्यवसायीको माग

वि.सं.२०७८ असार ११ शुक्रवार

666 

shares

११ असार, म्ध्यपुरथिमि । भक्तपुर चेम्बर अफ कमर्श र भक्तपुर घरेलु तथा साना उद्योग सङ्घले अहिलेको सङ्कटको बेलामा व्यवसायी मारमा परको भन्दै कर छुटको माग गरेको छ ।

संयुक्त रुपमा आज आयोजना गरेको राजश्वसम्बन्धी जुम अन्तरक्रिया कार्यक्रममा आव २०७८/७९ को बजेटमा भएका व्यवस्था र कर छुटका विषयमा छलफल गरिएको थियो ।

उक्त अवसरमा आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत गगनबहादुर विकसँग राजश्वका विविध विषयमा छलफल गर्दै राजश्व छुटको माग गरेको कार्यक्रम आयोजक भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष न्हुछेरत्न मानन्धरले बताए ।

कार्यक्रममा कोरोना भाइरसले भएको लकडाउनका कारण व्यापार गर्न नपाउँदा व्यापारी निकै नोक्सानमा परेको भन्दै कर छुटको माग गरेको बताइएको छ । चेम्बरका सल्लाहकार रोशन भोयद्योले व्यवसायीका प्रतिनिधिमूलक संस्थाले व्यवसायीलाई निरन्तर सुसूचित गर्दै सशक्तिकरण गरिरहनुपर्ने बताए ।

घरेलु तथा साना उद्योग सङ्घका अध्यक्ष प्रेमकृष्ण खर्बुजा तथा सङ्घका निवर्तमान अध्यक्ष वीरेन्द्र जतीले महिला उद्यमीलगायत घरेलु उद्योगका लागि सरकारले दिनुपर्ने सुविधा पर्याप्त नभएको बताए ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका कर अधिकृत राजकुमार पोखरेलले विषयवस्तुमाथि प्रस्तुतीकरण गरेका थिए। कार्यक्रमका संयोजक अष्टबज्र बज्राचार्यले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।
रासस

वि.सं.२०७८ असार ११ शुक्रवार १७:३३ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...