back
CTIZAN AD

आज २४७४ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु

वि.सं.२०७८ असार १० बिहीवार

666 

shares

१० असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका २,४७४ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ७,२५३ पिसीआर र ४,९९७ ऐन्टिजेन गरी १२,२३२ नमुना परीक्षणमा २,४७४ जना संक्रमित थपिएका हुन् ।

आज भक्तपुरमा ३३, ललितपुरमा ६८ र काठमाडौंमा २३४ गरी उपत्यकामा ३३५ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा हालसम्म पिसीआर विधिबाट ६ लाख २९ हजार ४३१ जना र ऐन्टिजेन विधिबाट २९ हजार ९३४ गरी कूल ६ लाख ५९ हजार ३६५ जना संक्रमित भएका छन् । साथै ऐन्टिजेन र पिसीआर विधिबाट हालसम्म ३४ लाख ६५ हजार २९१ वटा नमुना परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी २५१८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २५१८ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५ लाख ७० हजार ९५८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका २४ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ८,९१८ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

मन्त्रालयका अनुसार हाल नेपालमा हाल ४९ हजार ५५४ जना संक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ४६,५०२ र संस्थागत आइसोलेशनमा ३०५३ जना रहेका छन् ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ७३६ र भेन्टिलेटरमा २०७ जनाको उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु, २४२१ जनामा कोरोना संक्रमण

वि.सं.२०७८ असार १० बिहीवार १६:५४ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...