back
CTIZAN AD

पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु, २४२१ जनामा कोरोना संक्रमण

वि.सं.२०७८ असार ९ बुधवार

720 

shares

९ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका २,४२१ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ७४६१ पिसीआर र ४९५३ ऐन्टिजेन गरी १२,४१४ नमुना परीक्षणमा २,४२१ जना संक्रमित थपिएका हुन् ।

आज भक्तपुरमा ५७, ललितपुरमा ९४ र काठमाडौंमा ३४६ गरी उपत्यकामा ४९७ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा हालसम्म पिसीआर विधिबाट ६ लाख २७ हजार ८५४ जना र ऐन्टिजेन विधिबाट २९ हजार ३७ गरी कूल ६ लाख ५६ हजार ८९१ जना संक्रमित भएका छन् । त्यस्तै ऐन्टिजेन र पिसीआर विधिबाट हालसम्म ३४ लाख ५३ हजार ५९ वटा नमुना परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी ३,५५८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ३,५५८ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५ लाख ४८ हजार ४४० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका ५२ र विभिन्न ठाउँबाट आएका २९ जनाको मृत्यु विवरण अनुसार थप ८१ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ८,८९४ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

मन्त्रालयका अनुसार हाल नेपालमा हाल ५० हजार ५२० जना संक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ४७२८६ र संस्थागत आइसोलेशनमा ३२३४ जना रहेका छन् ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ७३४ र भेन्टिलेटरमा २१३ जनाको उपचार भइरहेको छ । मंगलबारको तुलनामा आइसीयु र भेन्टिलेटरमा उपचार गराउनेको संख्यामा कमी आएको छ ।

३७ जिल्लामा ५०० भन्दा बढी संक्रमति
स्वास्थ्य मन्त्रालयका अनुसार देशैभरीका ७७ जिल्लामा ३७ जिल्लामा अझै पनि ५०० भन्दा बढी संक्रमित रहेका छन् । ती मध्ये काठमाण्डौं, ललितपुर, बाग्लुङ, रुपन्देही, भक्तपुर, मोरङ,कैलाली, सुनसरी र ,चितवनमा सक्रिय संक्रमितको संख्या घट्दै गएको छ ।

पछिल्लो २४ घण्टामा थपिए ४५२२ कोरोना संक्रमित, ४१ जनाको मृत्यु

वि.सं.२०७८ असार ९ बुधवार १७:२१ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...