back

पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु, २४२१ जनामा कोरोना संक्रमण

वि.सं.२०७८ असार ९ बुधवार

345 

shares
GLOBAL IME AD
NTC AD

९ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका २,४२१ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ७४६१ पिसीआर र ४९५३ ऐन्टिजेन गरी १२,४१४ नमुना परीक्षणमा २,४२१ जना संक्रमित थपिएका हुन् ।

आज भक्तपुरमा ५७, ललितपुरमा ९४ र काठमाडौंमा ३४६ गरी उपत्यकामा ४९७ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा हालसम्म पिसीआर विधिबाट ६ लाख २७ हजार ८५४ जना र ऐन्टिजेन विधिबाट २९ हजार ३७ गरी कूल ६ लाख ५६ हजार ८९१ जना संक्रमित भएका छन् । त्यस्तै ऐन्टिजेन र पिसीआर विधिबाट हालसम्म ३४ लाख ५३ हजार ५९ वटा नमुना परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी ३,५५८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ३,५५८ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५ लाख ४८ हजार ४४० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका ५२ र विभिन्न ठाउँबाट आएका २९ जनाको मृत्यु विवरण अनुसार थप ८१ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ८,८९४ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

मन्त्रालयका अनुसार हाल नेपालमा हाल ५० हजार ५२० जना संक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ४७२८६ र संस्थागत आइसोलेशनमा ३२३४ जना रहेका छन् ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ७३४ र भेन्टिलेटरमा २१३ जनाको उपचार भइरहेको छ । मंगलबारको तुलनामा आइसीयु र भेन्टिलेटरमा उपचार गराउनेको संख्यामा कमी आएको छ ।

३७ जिल्लामा ५०० भन्दा बढी संक्रमति
स्वास्थ्य मन्त्रालयका अनुसार देशैभरीका ७७ जिल्लामा ३७ जिल्लामा अझै पनि ५०० भन्दा बढी संक्रमित रहेका छन् । ती मध्ये काठमाण्डौं, ललितपुर, बाग्लुङ, रुपन्देही, भक्तपुर, मोरङ,कैलाली, सुनसरी र ,चितवनमा सक्रिय संक्रमितको संख्या घट्दै गएको छ ।

पछिल्लो २४ घण्टामा थपिए ४५२२ कोरोना संक्रमित, ४१ जनाको मृत्यु

वि.सं.२०७८ असार ९ बुधवार १७:२१ मा प्रकाशित

नेप्से निरन्तर ओरालोतिर

नेप्से निरन्तर ओरालोतिर

काठमाडौँ । शेयर बजारमा निरन्तर गिरावट आएको छ । यो...

समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसद भगवती न्यौपानेले तनहुँमा रहेका...

विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति हुँदाका लाभहानी

विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति हुँदाका लाभहानी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएपछि २०८० फागुन...

बालिकालाई वेश्यावृत्तिमा लगाउने काममा संलग्न एकजना पक्राउ

बालिकालाई वेश्यावृत्तिमा लगाउने काममा संलग्न एकजना पक्राउ

काठमाडौँ । बालिकालाई वेश्यावृतिमा लगाउने कार्यमा सङ्लग्न रहेको अभियोगमा काठमाडौँ...

युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम

युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम

अर्घाखाँची । स्थानीय बेरोजगार युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले...

गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्नेलाई कारबाही गर्न सांसदहरूको माग

गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्नेलाई कारबाही गर्न सांसदहरूको माग

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले गुणस्तरहीन वस्तु उत्पादन र...