back
CTIZAN AD

पछिल्लो २४ घण्टामा थपिए ४५२२ कोरोना संक्रमित, ४१ जनाको मृत्यु

वि.सं.२०७८ असार ८ मंगलवार

738 

shares

८ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका ४५२२ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १२,२०४ पिसीआर र ४७०९ ऐन्टिजेन गरी १६,९१३ नमुना परीक्षणमा ४,५२२ जना संक्रमित थपिएका हुन् ।

सोमबारको तुलनामा आज संक्रमितको संख्या दोब्बर बढेको देखिएपनि धौलागिरी अस्पतालबाट पुराना मितिमा भएका परीक्षण एकमुष्ट रुपमा प्राप्त भएकोले प्रतिवेदनमा एकमुष्ट समावेश गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज भक्तपुरमा ६७, ललितपुरमा ९९ र काठमाडौंमा ३१० गरी उपत्यकामा ४७६ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकामा संक्रमित हुनेको यो संख्या सोमबारको तुलनामा केही बढी हो ।

नेपालमा हालसम्म पिसीआर र ऐन्टिजेन गरी जम्मा ३४ लाख ३९ हजार ६४५ नमुना परीक्षण गरिएकोमा ६ लाख ५४ हजार ४७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी ४,९५४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ४,९५४ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५ लाख ६४ हजार ८८२ पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको यो संख्या ९०.२ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका ४१ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ८,८१३ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

मन्त्रालयका अनुसार हाल नेपालमा हाल ५२ हजार ६४८ जना संक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ४९,४२५ र संस्थागत आइसोलेशनमा ३२२३ जना रहेका छन् ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ७६१ र भेन्टिलेटरमा २१८ जनाको उपचार भइरहेको छ । सोमबारको तुलनामा आइसीयु र भेन्टिलेटरमा उपचार गराउनेको संख्यामा कमी आएको छ ।

पछिल्लो २४ घण्टामा २२९७ जनामा कोरोना संक्रमण, ४६ जनाको मृत्यु

वि.सं.२०७८ असार ८ मंगलवार १६:५९ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...