back
CTIZAN AD

पछिल्लो २४ घण्टामा २२९७ जनामा कोरोना संक्रमण, ४६ जनाको मृत्यु

वि.सं.२०७८ असार ७ सोमवार

690 

shares

७ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका २,२९७ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६,५८३ पिसीआर र ४३२१ ऐन्टिजेन गरी १०,९०४ नमुना परीक्षणमा २२९७ जना संक्रमित थपिएका हुन् ।

आज भक्तपुरमा ३३, ललितपुरमा ६१ र काठमाडौंमा २८५ गरी उपत्यकामा ३७९ जनामा संक्रमण पुष्टि भएको छ ।

.नेपालमा हालसम्म पिसीआर र ऐन्टिजेन गरी जम्मा ३४ लाख २२ हजार ७३२ नमुना परीक्षण गरिएकोमा ६ लाख ४९ हजार ९५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी ३१३० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ३१३० जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५ लाख ५९ हजार ९२८ पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको यो संख्या ८९.९ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका ४६ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ८,७७२ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

मन्त्रालयका अनुसार हाल नेपालमा हाल ५३ हजार ९४० जना संक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ५० हजार ३०४ जना र संस्थागत आइसोलेशनमा ३६३६ जना रहेका छन् ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ८११ र भेन्टिलेटरमा २३७ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणबाट आज ५१ जनाको मृत्यु २४४२ संक्रमित

 

वि.सं.२०७८ असार ७ सोमवार १७:२२ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...