back
CTIZAN AD

छरुवा धान खेतीतर्फ आकर्षित बन्दै किसान

वि.सं.२०७८ असार ८ मंगलवार

933 

shares

८ असार, कञ्चनपुर । बेलौरी नगरपालिका—६ हात्तीबोझाका आसारेराम वडायकले परम्परागत तरिकाबाट धानखेती गर्न छोडेका छन्।

सुदूरपश्चिम प्रदेशमा अधिकांश किसानहरूले परम्परागत तरिकाबाट धानखेती गर्नका लागि अहिलेसम्म बीउ राख्न पाएका छैनन् । तर, उनी ब्याड नराखी सिधै धान फलाउने योजनामा छन् ।

कम खर्च र लागतमा बढी उत्पादन दिइने भएपछि उनी छरुवा प्रविधिमा आधारित धानखेती गर्ने योजनामा छन्। विगत पाँच वर्षदेखि वडायकले छरुवा (डिएसआर) प्रविधिबाट धान खेती गर्दै आएका छन् । शुरुमा एक विगहा क्षेत्रफलमा गरिएको छरुवा धान खेतीबाट कम लागतमा बढी उत्पादन दिएपछि अहिले उनले यसलाई पाँच विगहा क्षेत्रफलमा विस्तार गर्नुभएको छ । “विगत दुई वर्ष यो विधिबाट खेती गर्न सिक्यौं”, उनले भने, “आधुनिक स्रोत संरक्षण प्रविधिबाट खेती गर्दा उत्पादन बढ्दै गएको छ ।”

सिसा परियोजनाबाट तालिम लिएपछि अहिले आफू छरुवा प्रविधिबाट धानखेती गर्नेतर्फ आकर्षित भएको उनका भनाइ छ । यो प्रविधिबाट उनले सावाँ मन्सुली, सर्जु—५२, बहुगुणी—२, सिल्की—२७७ र राधा—४ जातको धान लगाएका छन् ।

परम्परागत तरिकाबाट हिल्याएर रोपाइँ गरी लगाइएको धानखेतीभन्दा छरुवा प्रविधिबाट लगाइएको धानखेतीको उत्पादन १५ देखि २० प्रतिशत बढी हुने उनका भनाइ छ । “गतवर्ष छरुवा प्रविधिबाट एक विगहा क्षेत्रफलमा लगाइएको हर्दिनाथ धानको उत्पादन ४५ क्वीन्टल भएको थियो”, उनले भने “परम्परागत तरिकाबाट खेती गर्दा सोही क्षेत्रफलमा मुस्किलले १० क्वीन्टल धान उत्पादन हुन्थ्यो ।”

परम्परागत तरिकाको खेतीले जीविकोपार्जनमै ठिक्क हुने भएकाले नयाँ प्रविधि अपनाएको उनका भनाइ छ । “बुवा–बाजे पनि किसान थिए । उनीहरुले जीविकोपार्जनका लागि मात्रै खेती गर्थे । उनले भने, “मैले धानखेतीलाई व्यवसायिक बनाउने योजना बनाएको छु ।”

धानखेतीलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्न सक्यौं भने प्रतिवर्ष उत्पादनमा वृद्धि हुँदै जाने उनका विश्वास छ । थोरै समय, लागत र जनशक्तिबाट नै धान खेती गर्न सकिने हुँदा यो प्रविधि किसानका लागि उपयुक्त हुने उनका भनाइ छ । “यो तरिकाबाट खेती गर्दा ब्याड राख्नुपर्दैन, बीउ उखेल्न र रोप्न पनि पर्दैन”, उनले भने, “एक विगहामा १० हजारदेखि १५ हजार रुपैयाँसम्म बचत हुन्छ ।”

यो प्रविधिमा सिड ड्रिल मेसिनबाट सिधै खेतमा धान छरिन्छ । छरुवा धान प्रविधिबाट खेती गर्दा समय, पैसा र इन्धनको समेत बचत हुने हुँदा यो प्रविधि प्रवद्र्धन गर्नुपर्ने अर्का किसान खडक चौधरीको भनाइ छ । परम्परागत तरिकाभन्दा यो प्रविधिबाट खेती गर्दा श्रमशक्तिमा २५ देखि ३० प्रतिशत र पानीमा २० प्रतिशतसम्म बचत हुने उनका भनाइ छ ।

पछिल्लो समय कैलालीमा उनीजस्तै धेरै किसानले छरुवा धान खेती प्रविधि अपनाउन थालेका छन् । थोरै समय, लागत र जनशक्तिबाट नै धान खेती गर्न सकिने हुँदा यो प्रविधि किसानको रोजाइमा परेको बेलौरी नगरपालिका कृषि शाखाका कृषि प्राविधिक हरिश सेटीले बताए। “उचित समयमा झारपात व्यवस्थापन गरे उत्पादन बढ्छ”, उनले भने, “अहिले समय, पैसा र इन्धनको अभाव छ । त्यसैले हामीले यो प्रविधिलाई जोड दिएका हौँ ।”

शुरुमा बेलौरीका दुई जना किसानले यो प्रविधिबाट धान खेती गर्दै आएकोमा पछिल्लो समय सात जनाभन्दा बढी किसानले यो प्रविधि अपनाएका छन् । कम मल र बीउबाट पनि बढी उत्पादन गर्न सकिने उनका भनाइ छ ।
रासस

वि.सं.२०७८ असार ८ मंगलवार १६:४८ मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...