
११ असार, पोखरा । कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज कास्कीका २, स्याङजाका १ र नवलपरासीपूर्वका ३ गरी ६ जनाको मृत्यु भएको हो । आज थपिएका ६ जनासँगै प्रदेशमा हालसम्म मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा म्याग्दीमा १३, पर्बतमा २०, गोरखामा ६, तनहुँमा ५, कास्कीमा १०३, बागलुङमा २५, स्याङजामा ४ र नवलपरासीपूर्वमा ३७ जना गरी २१३ जना नयाँ संक्रमित थपिएका हुन् । ती मध्ये ९८ जना महिला र ११५ जना पुरुष रहेका छन् । बिहीबारको तुलनामा आज संक्रति हुनेको संख्यामा कमी आएको हो ।
आज थपिएका २१३ जनासँगै प्रदेशमा संक्रमित हुनेको संख्या ५३,९२१ पुगेको छ भने सोहि अवधिमा ५०,२५८ जना संक्रमणबाट मुक्त भएका छन् ।
प्रदेशमा हाल २७४३ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा २४३० र अन्यको विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशनमा उपचार भइरहेको छ ।
गण्डकी प्रदेशमा थप ९ कोरोना संक्रमितको मृत्यु, ३२१ जना संक्रमित
वि.सं.२०७८ असार ११ शुक्रवार १७:५८ मा प्रकाशित