back
CTIZAN AD

गण्डकी प्रदेशमा थप ९ कोरोना संक्रमितको मृत्यु, ३२१ जना संक्रमित

वि.सं.२०७८ असार १० बिहीवार

732 

shares

१० असार, पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज कास्कीका ४, तनहुँका २, स्याङजाका २ र नवलपरासीपूर्वका १ गरी ९ जनाको मृत्यु भएको हो । आज थपिएका ९ जनासँगै प्रदेशमा हालसम्म ९१४ जनाको मृत्यु भएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा मुस्ताङमा ४३, म्याग्दीमा ३, पर्बतमा ४, गोरखामा २६, लमजुङमा २६, तनहुँमा ३५, कास्कीमा ११८, बागलुङमा ३०, स्याङजामा १० र नवलपरासीपूर्वमा २६ जना गरी ३२१ जना नयाँ संक्रमित थपिएका हुन् । ती मध्ये १४४ जना महिला र १७७ जना पुरुष रहेका छन् ।

आज थपिएका ३२१ जनासँगै प्रदेशमा संक्रमित हुनेको संख्या ५३,७०८ पुगेको छ भने सोहि अवधिमा ४९,९११ जना संक्रमणबाट मुक्त भएका छन् ।

प्रदेशमा हाल २,८८३ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा २५९३ जना रहेका छन् भने अस्पताल तथा संस्थागत आइसोलेशनमा रहनेको संख्या २९० रहेको छ ।

May be an image of text

वि.सं.२०७८ असार १० बिहीवार १७:२० मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...