back
CTIZAN AD

फिलिपिन्सका पूर्व राष्ट्रपति अक्वीनोको निधन

वि.सं.२०७८ असार १० बिहीवार

603 

shares

१० असार, मनिला । फिलिपिन्सका पूर्व राष्ट्रपति बेनिग्नो अक्वीनोको ६१ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ ।

लामो समयदेखि सख्त बिरामी परेका अक्वीनो सन् २०१० देखि २०१६ सम्म फिलिपिन्सको राष्ट्रपति थिए । उनका शासनपछि फिलिपिन्सको राष्ट्रपति रोड्रिगो डुटर्टे बनेका थिए ।

फिलिपिन्सको सर्वोच्च अदालतका न्यायाधीश मार्भिक लियोनेनले एक विज्ञप्ति प्रकाशन गरी पूर्व राष्ट्रपति अक्वीनोको निधनको खबरले आफूलाई स्तब्ध बनाएको बताएका छन् ।

अमेरिकी समाचार संस्था सिएनएनका अनुसार “नोयनोय” का उपनामले चिनिने अक्वीनको फिलिपिन्सको राजधानीस्थित क्यापिटोल मेडिकल सेन्टरमा निधन भएको थियो ।

फिलिपिन्सका अर्थशास्त्री समेत रहेका अक्वीनोले सन् १९९८ मा राजनीतिमा आउनु अघि चिनीको व्यापार गर्थे । सन् २००७ मा सिनेटमा निर्वाचित हुनुअघि उनी तीन पटक प्रतिनिधिसभाको सदस्य चुनिएका थिए ।

फिलिपिन्सका लोकप्रिय प्रजातान्त्रिक नेता सिनेटर बेनिग्नो “निनोय” अक्वीनो र पूर्व राष्ट्रपति कोराजोन अक्वीनोका एक मात्र छोरा थिए ।

फिलिपिन्सका पूर्व तानाशाह फर्डिनान्ड मार्कोसको शासनप्रति बिमती राख्ने उनका बुबाको संयुक्तराज्य अमेरिकाको निर्वासनबाट स्वदेश फर्कनेक्रममा सन् १९८३ मा हत्या गरिएको थियो ।
रासस

वि.सं.२०७८ असार १० बिहीवार १७:३३ मा प्रकाशित

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...