back
CTIZAN AD

ओली पक्षको रोजाईमा योगेश, घनश्यामप्रति छैन् विश्वास !

वि.सं.२०७८ असार १० बिहीवार

741 

shares

असार १०, काठमाडौं । एमाले एकताको लागि भन्दै नेता माधवकुमार नेपाल पक्षीय केहि नेताहरु अहिले सक्रिय छन् । उनीहरु निरन्तर पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षसँग संवादमा पनि छन् ।

तर, दुई पक्षबीचको संवादमा सहभागी केहि नेताहरुप्रति भने ओली पक्ष शंकापूर्णं रुपमा उपस्थित भईरहेको छ । विपक्षी गठबन्धनसँग पनि नजिक देखिएका माधव पक्षका ती नेताहरुप्रति ओली पक्षले अविश्वास मानिरहेको छ ।

ओली पक्षका एक नेताले बताएअनुसार संवादमा सहभागी घनश्याम भुसालसहितका केहि नेताहरुको उपस्थिति समस्या समाधानभन्दा बढाउने खालको छ । उनका अनुसार भुसालसहितका केहि नेताहरुले दिनदिनै शर्तहरु फेरिरहेका छन् ।

‘उहाँहरु (भुसाललगायत)ले भनेका मागमा ओली जी सहमत हुनुभयो तर, उहाँहरु पार्टी भूमिकामा आउन तयार हुनुभएन, बरु किस्तामा थप अरु माग गर्न थाल्नुभयो’ उनले भनेका छन्, ‘उहाँहरुप्रति विश्वास गर्ने अवस्था छैन् ।’

‘योगेश विश्वासिला’

दुई पक्षबीच भईरहेको छलफलमा योगेश भट्टराई स्पष्ट देखिएको ती नेताले बताएका छन् । उनका अनुसार योगेश स्पष्ट रुपमा पार्टी एकताका लागि लागेका छन् ।

‘योगेश जी स्पष्ट देखिनुभएको छ, उहाँ पार्टी एक ढिक्का पार्नुपर्छ, हिजोका सबै कुरा छोडेर नयाँ ढंगले जानुपर्छ भन्ने लाईनमा देखिनुभएको छ’, उनले भनेका छन्, ‘केहि साथीहरु भुसाल जीलगायत कसरी हुन्छ अध्यक्ष जीलाई घुँडा टेकाउने भन्ने लाइनमा हुनुहुन्छ, त्यस्ता गलत योजना अब सफल हुँदैन्, हामीले पनि बुझेका छौं ।’

सम्बन्धित समाचार

ओली पक्षको निष्कर्ष : सिंगो माधव समूहसँग एकता सम्भव छैन् !

वि.सं.२०७८ असार १० बिहीवार १७:४२ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...