
असार १०, काठमाडौं । एमाले एकताको लागि भन्दै नेता माधवकुमार नेपाल पक्षीय केहि नेताहरु अहिले सक्रिय छन् । उनीहरु निरन्तर पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षसँग संवादमा पनि छन् ।
तर, दुई पक्षबीचको संवादमा सहभागी केहि नेताहरुप्रति भने ओली पक्ष शंकापूर्णं रुपमा उपस्थित भईरहेको छ । विपक्षी गठबन्धनसँग पनि नजिक देखिएका माधव पक्षका ती नेताहरुप्रति ओली पक्षले अविश्वास मानिरहेको छ ।
ओली पक्षका एक नेताले बताएअनुसार संवादमा सहभागी घनश्याम भुसालसहितका केहि नेताहरुको उपस्थिति समस्या समाधानभन्दा बढाउने खालको छ । उनका अनुसार भुसालसहितका केहि नेताहरुले दिनदिनै शर्तहरु फेरिरहेका छन् ।
‘उहाँहरु (भुसाललगायत)ले भनेका मागमा ओली जी सहमत हुनुभयो तर, उहाँहरु पार्टी भूमिकामा आउन तयार हुनुभएन, बरु किस्तामा थप अरु माग गर्न थाल्नुभयो’ उनले भनेका छन्, ‘उहाँहरुप्रति विश्वास गर्ने अवस्था छैन् ।’
‘योगेश विश्वासिला’
दुई पक्षबीच भईरहेको छलफलमा योगेश भट्टराई स्पष्ट देखिएको ती नेताले बताएका छन् । उनका अनुसार योगेश स्पष्ट रुपमा पार्टी एकताका लागि लागेका छन् ।
‘योगेश जी स्पष्ट देखिनुभएको छ, उहाँ पार्टी एक ढिक्का पार्नुपर्छ, हिजोका सबै कुरा छोडेर नयाँ ढंगले जानुपर्छ भन्ने लाईनमा देखिनुभएको छ’, उनले भनेका छन्, ‘केहि साथीहरु भुसाल जीलगायत कसरी हुन्छ अध्यक्ष जीलाई घुँडा टेकाउने भन्ने लाइनमा हुनुहुन्छ, त्यस्ता गलत योजना अब सफल हुँदैन्, हामीले पनि बुझेका छौं ।’
सम्बन्धित समाचार
वि.सं.२०७८ असार १० बिहीवार १७:४२ मा प्रकाशित