back
CTIZAN AD

ओली–प्रचण्डबीच फोन वार्ता, खास के भएको थियो टेलिफोनमा ?

वि.सं.२०७८ असार १० बिहीवार

798 

shares

१० असार, काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसँग फोन वार्ता भएको खुलासा गरेका छन् ।

बिहीबार सम्पादकहरुसँग  भएको छलफलमा उनले नेकपा(एमाले) अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अदालतबाट आफू अप्ठ्यारोमा पर्दछु भन्ने छनक पाएपछि माधव नेपाल पक्षलाई आह्वान गरेकै भोलिपल्ट जेठ २४ गते आफूलाई फोन गरेको बताएका हुन्र ।

ओलीसँग के संवाद भएकाे थियाे भन्ने बारे सुनाउँदै प्रचण्डले भने  ‘तपाई शेरबहादुरलाई बोकेर, काँग्रेसलाई बोकेर हामीलाई सिध्याउनै हिड्नु भएछ, हैन ? , वामपन्थीको सरकारलाई सिध्याउने, कांग्रेससँग मिलेर सरकार बनाउनेमा पुग्नुभयोे तपाई होइन ? भनेर ओलीले भनेका थिए ।

त्यसको जवाफमा आफूले ‘काँग्रेस त अहिले तपाई भन्दा सयौँ गुणा वामपन्थी, लोकतन्त्रवादी, क्रान्तिकारी भएर आयो, गरुँ त के, मैले भनेकै ठ्याक्कै यो हो ‘काँग्रेस धेरै वामपन्थि देखियो, उ त संविधानको रक्षा गर्न भनेर अडिएको छ, काँग्रेस लोकतन्त्रको रक्षा गर्ने हिड्को छ, तर तपाई त संविधान सिध्याउन हिड्नु भएको छ ।’ भनेर बताएको सुनाए ।

उनले ‘कांग्रेस संविधानको रक्षा गर्ने अडानमा उभिएको छ, तपाईँ संविधान सिध्याउन हिँड्नु भएको छ । कांग्रेसले लोकतन्त्रको रक्षा गर्ने भनेको छ, तपाईं लोकतन्त्र सिध्याउन हिँड्नुभएको छ ।’ भन्ने जवाफ दिएकोसमेत बताए ।

उनले अघि थपे, ‘कांग्रेसले तपाईं विदेशीको टाङमुनि र्छियो भन्छ, तपाईं टाङमुनि छिर्नुभएकै छ । छिरेको मात्र होइन, पुरै आत्मसमर्पण गरेर पुरै दलालहरुलाई ल्याउन थाल्नुभएको छ । अनि कांग्रेस चाहिँ दक्षिणपन्थी, तपाईचाहिँ वामपन्थी कहाँनेर हुनुभयो ? ल भन्नुस्, प्रमाणित गर्नुस्, काँग्रेस दक्षिणपन्थि तपाई वामपन्थि ।’

हो, तपाईलाई वामपन्थि ठानेरै गठबन्धन गर्न खोजेको हो । आफूले भन्दा प्रधानमन्त्री ओलीले भाषण धेरै नगर्नुस्, भनेको  पनि प्रचण्डले सुनाए ।

वि.सं.२०७८ असार १० बिहीवार २०:४९ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...