back
CTIZAN AD

पैयुँ गाउँपालिकाले ल्यायो ४३ करोड बढिको बजेट

वि.सं.२०७८ असार १० बिहीवार

939 

shares

१० असार, हातेमालोचोक, पर्वत । गण्डकी प्रदेश पर्वत जिल्ला पैयु गाउँपालिकाको ८ औं सभा आगामी आर्थिक वर्ष २०७८ /०७९ का लागि बजेट सार्वजनिक गर्दै सम्पन्न भएको छ ।

पर्वतको दक्षिणी भेगमा रहेको पैयुँ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि रु ४३ करोड ६५ लाख २२ हजारको बजेट सार्वजनिक गरेको छ ।

सो गाउँपालिकाकी उपाध्यक्ष एवं बजेट तर्जुमा समितिकी संयोजक जसमति गुरुङले शुक्रबार प्रस्तुत गरेको बजेट तथा कार्यक्रम अनुसार गाउँपालिकाको चालु तर्फ ५५ प्रतिशत र पुँजिगत तर्फ ४५ प्रतिशत बजेट रहेको छ ।

आगामी आर्थिक वर्षका लागि सशर्त अनुदानतर्फ रु १८ करोड ८३ लाख, वित्तीय समानीकरण अनुदानबाट रु ८ करोड ५३ लाख, संघीय सरकार राजस्व बाँडफाँडबाट रु ५ करोड २२ लाख ६९ हजार, संघीय सरकारको विशेष अनुदान रु २ करोड ३० लाख, र आन्तरिक आयतर्फ ६५ लाख ७० हजार हुने बताइएको छ ।

त्यस्तै समपुरक अनुदान संघबाट ४ करोड १४ लाख र प्रदेशबाट १ करोड , चालु आवको बाकी मौज्दात १ करोड ५० लाख, प्रदेश सरकार समानीकरण अनुदानबाट रु ९१ लाख ८१ हजार, गण्डकी प्रदेश सरकारतर्फको राजस्व बाँडफाँडबाट रु २४ लाख २ हजार गरी जम्मा ४३ करोड ६५ लाख २२ हजारको बजेट प्रस्तुत भएको छ ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष खगेन्द्र प्रसाद तिवारी र प्रमुख प्रशासकिय अधिकृत केशव लामिछाने लगायतले आफना भनाइ राखेका थिए ।

 

वि.सं.२०७८ असार १० बिहीवार २१:०४ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...