back

महासंघद्वारा नेपाल रेडक्रसलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

वि.सं.२०७८ असार १० बिहीवार

303 

shares
GLOBAL IME AD
NTC AD

१० असार, काठमाडौँ । रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरुको अन्तरराष्ट्रिय महासङ्घले नेपाल रेडक्रस सोसाइटीलाई एकसय ‘अक्सिजन कन्सन्ट्रेटर र स्पेयर पार्टस’ सहयोग गरेको छ ।

महासङ्घको एसिया प्यासेफिक कार्यालय क्वालालाम्पुरका पहलमा ती स्वास्थ्य सामग्री प्राप्त भएको जनाइएको छ । महासङ्घका नेपाल प्रमुख अजमत उल्लाले सोसाइटीका अध्यक्ष डा नेत्र तिम्सिनालाई ती सामग्री हस्तान्तरण गरेका थिए ।

महासङ्घका नेपाल प्रमुख उल्लाले व्यक्तिगत सुरक्षा सामाग्री लगायत कोभिड–१९ प्रतिकार्यका लागि अन्य सहयोग निरन्तर रहने जानकारी दिदै महामारीको रोकथाम तथा प्रतिकार्यका लागि नेरेसोका स्वयंसेवक तथा कर्मचारीले महत्वपूर्ण काम गरिरहेको जानकारी दिए ।

सोसाइटीका अध्यक्ष डा नेत्रप्रसाद तिम्सिनाले कोरोना सङ्क्रमण दर बढी भएका ग्रामीण तथा पहाडी क्षेत्रमा हस्तान्तरित सामग्री प्रदान गरिने बताए । महामन्त्री पिताम्बर अर्यालले महामारीका समयमा अक्सिजन कै अभावमा कोभिडका बिरामीले ज्यान गुमाउनु पर्ने अवस्थाको कमी गर्न साझेदार निकायको सहयोग ज्यादै नै प्रशंसनीय रहेको छ भने ।

उनले विपद पूर्वतयारी र पुनर्लाभको क्षेत्रमा नेपाल रेडक्रसले प्रभावकारी सेवा पुर्याउँदै आएको र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका समन्वयमा अक्सिजन प्लान्ट नभएका अस्पतालमा कन्सन्ट्रेटर र स्पेयर पार्टस वितरण गरिने जानकारी दिए ।

सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले देशको सबैभन्दा ठूलो मानवीय सञ्जाल भएको संस्था नेपाल रेडक्रसले कोभिड महामारीको शुरुआती अवस्थादेखि नै आफ्ना स्वयंसेवक तथा कर्मचारीका सहयोगमा रोकथाम तथा प्रतिकार्य सञ्चालन गर्दै आएको बताए। सो अक्सिजन कन्सन्ट्रेट दश लिटरका रहेको जनाइएको छ । यसले अक्सिन प्लाण्ट नभएका अस्पतालमा कोरोनाका बिरामीलाई उपचार गर्न सहयोग गर्ने बताइएको छ ।
रासस

वि.सं.२०७८ असार १० बिहीवार १७:१४ मा प्रकाशित

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

काठमाडौँ । लगानी र प्रतिफल सुनिश्चित भएमा भारतीय व्यापारिक घरानाले...

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

काठमाडौँ । महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक ९१...

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका...

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

काभ्रेपलाञ्चोक । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक...

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरूबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरूबीच भेटवार्ता

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव र नेपालका लागि जापानका राजदूत...

प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने

प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी...