
१३ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले चुनावको विरोध गर्नेहरुले विदेशीका लागि कम्फर्टेबल सरकार बनाउन खोजेको आरोप लगाएका छन् ।
हालको अस्थिरता र संकट समाधानको सहज प्रजातान्त्रिक र संबैधानिक बाटो चुनाव रहेको भन्दै अध्यक्ष थापाले प्रतिगमनको त्रास देखाएर चुनावको विरोध गर्नेहरु संबिधानलाई बलियो बनाउने नभई विदेशीका लागि सहज हुने सरकार बनाउन लागेको आरोप लगाएका हुन् ।
‘हालको अस्थिरता र संकट समाधानको सहज,प्रजातान्त्रिक र संवैधानिक बाटो चुनाव हो,’ आइतबार बिहान सामाजिक संजाल ट्विटरमा लेख्दै अध्यक्ष थापाले भनेका छन्, ‘प्रतिगमनको त्रास देखाएर चुनावको विरोध गर्नेहरूले प्रजातन्त्र र संविधानलाई बलियो बनाउन होईन,बिदेशीलाई ’कम्फर्टेबल’ सरकार बनाई भ्रष्टाचार,सर्वसत्तावाद र अस्थिरताको नयाँ श्रृङ्खला चलाउन खोजेका छन् ।’
वि.सं.२०७८ असार १३ आइतवार ०९:२५ मा प्रकाशित