back
CTIZAN AD

अबको निषेधाज्ञा कस्तो ? निर्णय गर्न उपत्यकाका सीडीओहरुको बैठक बस्दै

वि.सं.२०७८ असार १३ आइतवार

669 

shares

असार १३, काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउँदै लम्ब्याउने तयारी गरिएको छ। उपत्यकामा कोरोना संक्रमणको जोखिम कायमै रहेकोले केहि खुकुलो बनाउँदै थप गर्ने तयारी गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

उनले बताएअनुसार निश्चित मापदण्डसहित सार्वजनिक यातायातसमेत सञ्चालन गर्ने सुझाब आएको छ । जसबारे सम्भवतः आज बस्ने सीडीओहरुको बैठकले निर्णय गर्नसक्ने उनले बताएका छन् ।

उपत्यकामा पछिल्लोपटक जारी निषेधाज्ञा यही असार १४ गते (सोमबार) राति १२ बजेदेखि सकिँदै छ। सकिन लागेको निषेधाज्ञाबारे उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का सीडीओहरुको संयुक्त बैठकले थप निर्णय गर्नेछ ।

अहिले समय तोकेर सबै किसिमका पसलहरु खोल्न दिइएको छ। साथै मोटरसाइकल, जीप, कार, भ्यान, ट्याक्सीलगायतमा जोर–बिजोर लागु गरिएको छ ।

हाल सार्वजनिक सवारी–साधन, विद्यालय, मठ–मन्दिर, पार्टी प्यालेसलगायतमा प्रतिबन्ध कायमै छ। सरोकारवालाहरुले निषेधाज्ञा थप खुकुलो बनाउन माग गरेका छन्। न्यूनतम सार्वजनिक यातायातमा मापदण्डसहित सञ्चालन गराउन आग्रह गरेका छन् ।

वि.सं.२०७८ असार १३ आइतवार ०९:५८ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...