१५ असार, काठमाडौं । देशैभरी रहेको मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न भू–भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तो बाढीको पूर्वानुमान
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ को इलााम, झापा, मोरङ, सुनसरी, पाँचथर, उदयपुर, ओखलढुंगा, प्रदेश २ को रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, वागमती प्रदेशको धादिङ, सिन्धुली, गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वत, कास्की, वागलुङ, परासी जिल्ला भइ बहरने स–साना नदीको वहाव केही उच्च हुने र केहीमा आकस्मिक बढ्ने पूर्वानुमान गरिएको छ ।
वि.सं.२०७८ असार १५ मंगलवार ०९:१७ मा प्रकाशित






























