असार १५, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले विश्वासको मत नलिँदै अर्को प्रक्रिया सुरु गरेकोप्रति प्रश्न उठाएका छन् । मंगलबार प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सरकारको तर्फबाट बहसमा सहभागी नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयलाई राणाले यस्तो प्रश्न सोधेका हुन् ।
उनले विश्वासको मत लिने प्रक्रिया र पाए/नपाएको निधो गर्ने ठाउँ संसदले होला नि ? भनि प्रश्न तेर्साएका थिए । उनले भनेका थिए, ‘विश्वासको मत प्राप्त गरेको र नगरेको घोषणा त संसद्बाट हुन्छ नि ! यो प्रक्रिया छल्न पाइन्छ र ? यसको घोषणा गर्ने त संसदले होला ।’
जवाफमा पाण्डेले भने यसअघि नै परीक्षण भईसकेको हुनाले जानु नपर्ने तर्क दिएका थिए । उनले विश्वासको मत नपाउने निश्चित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली संसदमा नगएको बताएका थिए ।
उनले आफ्नो दायित्व पूरा गरेरै ओलीले अर्को उपधारामा प्रवेश गरेको तर्क गरे ।
वि.सं.२०७८ असार १५ मंगलवार १२:५७ मा प्रकाशित






























