back
CTIZAN AD

कोरोना खोपको विज्ञापन अभियान गर्न सरकारसँग अष्ट्रेलियाली चिकित्सकको आग्रह

वि.सं.२०७८ असार १५ मंगलवार

705 

shares

१५ असार, क्यानबेरा । अष्ट्रेलियाका चिकित्सकहरूले कोरोनाभाइरस खोपको गलत सूचनालाई सम्बोधन गर्न तत्काल राष्ट्रिय विज्ञापन अभियानको आह्वान गर्न सरकारलाई सुझाब दिएका छन् ।

रोयल अस्ट्रेलियन कलेज अफ जनरल प्राक्टिसनर्स (आरएसीजीपी) ले हालसालै सरकारलाई खोपप्रति सकारात्मक भावना खोप कार्यक्रमबारे सचेतना जगाउन विज्ञापन अनिवार्य र महत्वपूर्ण रहेको बताएको हो । “पक्कैपनि आफ्नो दोस्रो मात्राको खोपबारेमा चासो व्यक्त गरिरहेका छन् र स्वीकार गर्ने वा अस्वीकार गर्ने बहस नागरिकबीच हुनु वास्तविक चिन्ताको विषय हो ।

नागरिकमा खोपबारे जानकारी कम हुनसक्छ । विज्ञको सुझाबलाई सचेतनामूलक कार्यक्रमबाट उनीहरूसमक्ष पुर्याउनु जरूरी देखिन्छ ।” आरएसीजीपीका अध्यक्ष करेन प्राइसले नाइन इन्टरटेन्मेन्ट समाचार संस्थासँग भने ।

“मलाई लाग्छ हामीलाई महामारीले थकाएको छ । हामीले भ्रमलाई सम्बोधन गरेर अघि बढेनौँ भने यसबाट जोखिम निम्तिन सक्छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सोमबार राति अस्ट्राजेनेकाको कोभिड–१९ विरूद्धको खोप लिन चाहने ४० बर्षमाथिका नागरिकहरुले नाम दर्ता गराउन आग्रह गरेका थिए।

यसपहिले अष्ट्रेलियामा ६० बर्षमाथिका नागरिकलाई अस्ट्राजेनेकाद्वारा विकसित खोप लगाउन सिफारिस गरिएको थियो । प्रधानमन्त्रीको पछिल्लो आग्रहले अस्ट्रेलियाले ४० बर्षमाथिका नागरिकलाई उक्त खोप दिने तयारी थालेको बुझ्न सकिन्छ ।

“यदि हामी अभियान अगाडि बढ्नु अघि आपूर्ति बढ्ने प्रतीक्षा गर्छौं भने यस बीचमा धेरै मानिसहरूलाई खोपबारेको भ्रमलाई चिर्न अनिवार्य हुन्छ।”
अस्ट्राजेनेकाको खोप प्रयोग गर्दा रगत जम्ने सूचनाहरू आएपछि अस्ट्रेलियाली नागरिकले खोप लिने वा नलिने भन्नेमा बहस चलाएका छन् ।

रगत जम्ने भनी समाचार आएपनि विरलै मुद्दाहरूमा खोपको विकृति पाइएपछि संघीय, राज्य र क्षेत्रीय नेताहरूले सोमबार यो खोपबाट आउने समस्यामा क्षतिपूर्ति दिन सहमत भएका हुन् ।

स्वास्थ्य विभागका प्रवक्ताले भने जनचेतना अभियान निरन्तर चलिरहेको जानकारी दिएका छन्। सोमबार दिउँसो प्राप्त तथ्याङ्क अनुसार अस्ट्रेलियामा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ३० हजार ५२८ रहेको छ भने उक्त अवधिमा स्वदेश तथा विदेशबाट आएका क्रमशः २३ र छ व्यक्तिमा नयाँ सङ्क्रमण भेटिएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
रासस

वि.सं.२०७८ असार १५ मंगलवार १२:४२ मा प्रकाशित

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...