१५ असार, काठमाडौँ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा राधी विद्युत कम्पनीको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरि नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेमा राधी विद्युत कम्पनीको ३६ दशमलव ५ प्रतिशत बोनश शेयरपछिको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको शेयर मुल्य समायोजनपछिको ८ सय २१ रुपैयाँ मुल्य कायम भएको छ ।
कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य १ हजार १ सय २० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । कम्पनीको वार्षिक साधारण सभा असार २९ गते हुँदैछ ।
वि.सं.२०७८ असार १५ मंगलवार १२:३३ मा प्रकाशित


























