back
CTIZAN AD

फ्रान्सलाई पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा

वि.सं.२०७८ असार १५ मंगलवार

591 

shares

१५ असार, काठमाडौँ । फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोलले पराजित गर्दै स्विट्जरल्यान्ड युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

फ्रान्स र स्विट्जरल्यान्ड बिचको खेल ९० मिनेट र ३० मिनेटको अतिरिक्त समयमा ३-३ गोलको बराबरीमा सकिएको थियो । खेलको पहिलो हाफको १५ औँ मिनेटमा सेफेरोभिकले गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा फ्रान्सका करिम बेन्जिमाले ५७ र ५९ औँ मिनेटमा दुई गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसैगरी ७५ औँ मिनेटमा पाउल पोग्बाले फ्रान्सका लागि तेस्रो गोल गरेका थिए ।

सेफोरोभिकले ८१ औँ मिनेटमा गोल गर्दै खेललाई ३ २ को स्थितिमा ल्याएका थिए । खेलको अन्तिम मिनेटमा गार्भ्रानोभिकले स्विट्जरल्यान्डका लागि तेस्रो गोल गर्दै खेल बराबरीमा फर्काएका थिए । त्यसपछि थपिएको ३० मिनेट अतिरिक्त समय दुबै टिमले गोल गर्न सकेनन् ।

त्यसपछि भएको पेनाल्टी सुटआउटमा फ्रान्सका केलियन एमबाप्पे गोल गर्न चुकेका थिए । उनको प्रहारलाई स्विट्जरल्यान्डका गोलकिपर यान सोमरले विफल पारिदिएका थिए । जितसँगै स्विट्जरल्यान्ड अन्तिम आठमा पुग्न सफल भएको छ भने फ्रान्स अन्तिम १६ बाटै बाहिरिएको छ ।

त्यसैगरी स्पेनले पनि क्रोएसियालाई ५-३ गोलले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको छ ।

वि.सं.२०७८ असार १५ मंगलवार १२:०६ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...