back
CTIZAN AD

४७ अकंले घट्यो नेप्से, अधिकाशं कम्पनीको सूचक राताम्मे

वि.सं.२०७८ असार १५ मंगलवार

609 

shares

१५ असार, काठमाडौँ । मंगलबार सेयर बजार (नेप्से) ४७ दशमलब ४९ अकंल घटेर २८२८ मा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ९ दशमलब ८७ अकंले घटेर ५२३ दशमलब ७० अकंमा पुगेको छ ।

सेयर बजारमा गिरावट आएसँगै लघुवित्त श्रेत्रका बाहेक सबै कम्पनीको सूचक ओरालो लागेको छ ।

आज कुल सूचिकृत मध्ये २२३ कम्पनीको ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८६९ रुपैंया बराबरको १ करोड ४० लाख ४४ हजार ३८१ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ७५ हजार ८ सय ८० पटक लेनदेन भएको छ ।

कारोबार रकमको आधारमा राधी विद्यृत कम्पनी, नेशनल हाईड्रोपावर, हाइड्रोईक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड र डेभलपमेन्ट कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा नेशनल हाईड्रोपावर, लक्ष्मी इक्यूटी फन्ड, हाइड्रोईक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड र डेभलपमेन्ट कम्पनी, राधी विद्यृत कम्पनी लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सेयर बजारमा दोहोरो अकंले गिरावट आउदाँ पनि ओरियन्ट होटल्ल, गुराँस लघुवित्त, सामुदायिक लघुवित्त, तारागाँउ रेजेन्सी होटल, सिभिल लघुवित्त लगायतका कम्पनीका लगानीकार्ताहरुले कमाएका छन भने प्रोग्रेशिभ फाइनान्स, हाइड्रोईक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड र डेभलपमेन्ट कम्पनी, वेस्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स लगायतका लागनीकर्ताले गुमाएका छन ।

आज भएको कारोबारमा ३५ कम्पनी लागनीकर्ताले कमाउदाँ १४६ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने २ कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन ।

वि.सं.२०७८ असार १५ मंगलवार १५:५१ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...