back
CTIZAN AD

मुगु रेडक्रसद्धारा स्थानीयको घर–घरमा पुगेर मास्क वितरण

वि.सं.२०७८ असार १५ मंगलवार

732 

shares

१५ असार, मुगु । नेपाल रेडक्रस सोसाइटी मुगु शाखाले स्थानीयको घर–घरमा पुगेर मास्क वितरण गरेको छ ।

मुगु रेडक्रस कर्कीबाडा उपशाखाकी सभापति लक्ष्मीदेबि रावलले मंगलबार स्थानीयको घर आँगन घरदैलो र खेतबारीमा पुगेर माक्स बितरण गरेकी हुन् । कोरोना महामारीलाई लक्षित गरि रावलले कार्कीबाडा, ढुम, भामबाडा गाउँ र चैत प्रहरी चौकीमा पुगेर सुरक्षाकर्मी, महिला, पुरुष तथा बुढापाकालाई मास्क बितरण गरेकी छन् ।

नेपाल रेडक्रस सोसाइटी मुगु शाखाले कार्कीबाडा उपशाखाको निम्ति छुटयाएको करिव चारसय मास्क र रेडक्रसको झण्डा लिएर रावलले घरदैलो घर आँगनमा गएर सबैको हात–हातमा वितरण गरेकी हुन् ।

कोरोना महामारीबाट बच्न चारसय मास्क बितरण गरिएको रावलले बताइन् । रावलले खेतीपातीको समयमा किसानहरु प्राय घरमा नबस्ने भएकोले खेतबारीमै पुगेर पनि मास्क उपलब्ध गराएको बताइन् ।

May be an image of 6 people, people standing, tree and outdoors

मास्क बितरणसंगै रावलले महिला पुरुष बुढापाकाहरुलाई कोरोनाबाट जोगिन अनिबार्य मास्क प्रयोग गर्न सुझाव समेत दिएकी छन् ।

कोरोना महामारीलाई मध्येनजर गरि नेपाल रेडक्रस सोसाइटी मुगुको १२ वटा उपशाखाका स्वयम सेवक, सहयोगी कार्यदल, प्राथमिक उपचार केन्द्र आँखा अस्पतालमा माक्स बितरण गरेका छन । उक्त उपशाखाद्धारा गाउँबस्तीका बुढापाका महिला पुरुष समेतलाई मास्क बितरण गरिएको छ ।

कोभिड–१९ लाई लक्षित गरि यो पटक मुगुमा १८ हजार माक्स बितरण गरिएको रेडक्रसका मन्त्री रत्नसिह मल्लको भनाई छ । रेडक्रसलाई चीन सरकारबाट २० हजार मास्क सहयोग भएको उनको भनाई छ ।

कोरोना महामारीसंगै बाढी पहिरो र घर भत्केका पीडित परिवारजनलाई रेडक्रसले राहत दिने काम गरिरहेको नेपाल रेडक्रस सोसाइटी मुगु शाखाका सभापति जयबहादुर मल्लको भनाई छ । रेडक्रसले संचालन गरेको एम्बुलेन्सले कोरोनाका बिरामीलाई ओसार पसारमा टेवा पु¥याएको सभापतिको भनाई छ ।

वि.सं.२०७८ असार १५ मंगलवार १६:१२ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...