१६ असार, काठमाडौं । नेकपा एमालेका नेता तथा शिक्षामन्त्री गोपाल कृष्ण श्रेष्ठको राजिनामाको माग गरिएको छ ।
रुपा सुनार प्रकरणमा शिक्षामन्त्री श्रेष्ठले गल्ति गरेको भन्दै बुधबार आयोजित एमालेको दशौं राष्ट्रिय महाधिबेशन आयोजक कमिटी बैठकमा ओली समुहकै नेताहरुले उनको राजिनामाको माग गरेका हुन् ।
शिक्षामन्त्री श्रेष्ठले जातीय विभेदविरुद्ध सबै नागरिकमा अहात पुर्याउने काम गरेको भन्दै पूर्वमन्त्री जगत विश्वकर्माले खेद प्रकट गर्दै मन्त्रीपदबाट राजिनामाको माग समेत गरेका थिए ।
विश्वकर्माद्धारा गरिएको खेद प्रकटमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्री श्रेष्ठको व्यवहार अशोभनिय रहेको बताउँदै तथापि श्रेष्ठले भावनामा आएर यस्तो गरेको स्वीकादै भविष्यमा यस्तो व्यवहार नदोहोर्याउने जानकारी दिएका थिए ।
आफूविरुद्ध आफ्नै साथीहरुले राजिनामाको माग गरिरहँदा मन्त्री श्रेष्ठले भने कुनै प्रतिक्रिया नदिएको बताइएको छ ।
जातकै आधारमा संचारकर्मी रुपा सुनारलाई कोठा नदिएको आरोप लागेर प्रहरी हिरासतमा राखिएकी सरस्वती प्रधानलाई मन्त्री श्रेष्ठले आफ्नै गाडीमा चढाएर घरसम्म लगेको भन्दै उनको चर्को आलोचना भएको थियो ।
वि.सं.२०७८ असार १६ बुधवार १५:२२ मा प्रकाशित






























