back
CTIZAN AD

एनआरएनए जापानको उपाध्यक्षमा घिमीरेको उम्मेदवारी, भ्रष्टाचार मुक्त संस्था बनाउने प्रतिवद्धता

वि.सं.२०७८ असार १८ शुक्रवार

720 

shares

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अधिवेशन नजिकिदै गर्दा उमेद्वारी दिनेको संख्या पनि बढिरहेको छ ।

पछिल्लो समय एनआरएनए जापानमा विकृति मात्र होईन, केहि आशालाग्दा पात्रहरु पनि देखा परेका छन् । तीमध्येका एक हुन् विष्णु प्रसाद घिमिरे पनि । संस्थामा लाग्न त्यसको ग्रास लेवल बाट आउन जरुरी रहेको बताउने घिमीरे भन्छन्– जस्ले संस्था सञ्चालन अनि संस्थाको लक्ष्यमा पुग्न सहज हुने गर्छ । अझ संस्थामा लाग्दा केही पाईन्छ कि भन्ने सोच त्याग्न जरुरी छ । जुनसुकै सामाजिक कार्य गर्दा आफुले यथासक्दो समय, ज्ञान, धन आदी दिने हो ।’

आत्मा सन्तुष्टिको लागि सामाजिक कार्यमा लागेको बताउने घिमिरे एनआरएनए नागोया क्षेत्रिय समितिमा (२०११–१३) उपसंयोजक हुँदैं (२०१३–१५ ) मा नागोयाको संयोजक समेत भइसकेका व्यक्ति हुन् । उनी हाल एनआरएनए जापानका सचिव छन् ।

एनआरएनए जापान यतिबेला भष्ट्रचारको दलदलमा फसेको कुरा बाहिर आएका छन् नि भन्ने प्रश्नमा घिमीरेले आफू त्यस्ता कार्यमा कहि कतै नमुछिएको र भविश्यमा पनि नमुछिने बताउँदै भष्ट्रचार मुक्त एनआरएनए बनाउने अभियानमा आफु लाग्ने बताउँछन् ।

समाज सेवासंगै साहित्यमा पनि उत्तिकै रुचि राख्ने घिमीरे अनेसास जापानको महासचिव हुँदैँ अध्यक्ष समेत भइसकेका व्यक्ति हुन् । कविता संग्रह ‘एक्लो विजेता’ प्रकाशनमा ल्याएका घिमीरेले आफ्नै शब्द र निर्माणमा २ वटा म्यूजिक भिडियो समेत ल्याइसकेका छन् ।

No description available.

जापानमा रहेर विभिन्न नेपाली संघ÷संस्थामा आवद्ध रहि काम गरिरहेका घिमीरे नेपाल रेडक्रसका यशस्कर सदस्य रहेका छन् । त्यस्तै जापानमा योक्काइचि व्यवसायिक क्लवको सदस्यमा २०१९ बाट र उद्योग बाणिज्य संघं योक्काइचिको सदस्यका रुपमा २०१० बाट आवद्ध रहि काम गरिरहेका छन् ।

योक्काइचि किता रोटरीमा समेत आबद्ध घिमिरे रोटरीको माध्यमबाट आफ्नो कर्मथलो र जन्मथलो जोड्न प्रयास गरिरहेको बताउँछन् । चितवन जिल्ला स्थायी घर भई १५ वर्ष अघि जापान पुगेका घिमिरे जापानको नागोया नजिकै मियकेन क्षेत्रमा व्यवशाय गर्दै आएका छन् ।

एनआरएनए जापानको उपाध्यक्षमा निर्वाचित हुने मौका संस्थाको गरिमालाई उचाइमा पुर्याउन कुनै कसर बाँकी नराख्ने बताउने घिमीरेले जापानबासी नेपालीहरू समक्ष उपाध्यक्ष पदमा आफुलाई मतदान गर्न अनुरोध समेत गरेका छन् ।

वि.सं.२०७८ असार १८ शुक्रवार १२:३५ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...