back
CTIZAN AD

अविरल वर्षाका कारण त्रिभुवन राजपथको हेटौँडा–भैंसे सडकखण्ड अवरुद्ध

वि.सं.२०७८ असार १८ शुक्रवार

609 

shares

१८ असार, मकवानपुर । गएरातिदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथअन्तर्गत पर्ने हेटौँडा–भैंसे सडकखण्ड अवरुद्ध भएको छ ।

भीमफेदी गाउँपालिका–१ मा पर्ने बागझोरामा आएको बाढीले गर्दा हेटौँडाबाट जाने र भैंसे हुँदै हेटौँडा आउने यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक निमित्त प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । उनका अनुसार उक्त बाढीले बगाएको गिट्टी, बालुवा, ठूला–ठूला ढुङ्गा हटाई यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

त्यस्तै भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ जाने सडक पनि बिहीबारदेखि नै अवरुद्ध छ । भीमफेदी–६ गढीमा ठूलो पहिरो गएको र अझै पानी नरोकिएका कारण हटाउन समस्या भएकाले उक्त सडकखण्डमा पनि यातायत अवरुद्ध भएको उनले बताए। कान्ति लोकपथअन्तर्गत पर्ने भीमफेदी–८ गँगटेमा पनि पहिरो जाँदा बिहीबारदेखि नै यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रासस

वि.सं.२०७८ असार १८ शुक्रवार १२:४७ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...