back
CTIZAN AD

माधव पक्षलाई नयाँ पार्टी बनाउन उस्काउने वामदेव किन गए ओली तिरै ?

वि.सं.२०७८ असार १८ शुक्रवार

879 

shares

असार १८, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटीको १३ औं बैठक बालुवाटारमा सुरू भएकाे छ । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेपश्चात सोही रुपान्तरित केन्द्रीय कमिटीको बैठक बोलाइएको हो ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको समूह भने सहभागी छैन् । माधव समूहले बिहीबार आफुँ पक्षीय बैठक राखेर ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठकमा सहभागी नहुने औपचारिक निर्णय गरेको थियो ।

तर, माधव पक्ष सहभागी नभएको बैठकमा भने उपाध्यक्ष बामदेव गौतम पक्ष भने सहभागी भएको छ । गौतमको सचिवालयले नवौं महाधिवेशनको हैसियतमा बैठकमा सहभागि हुन पत्र पठाए पछि सहभागि हुन लागेको जनाएको छ । नवौं महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय कमिटीको बैठक सहभागी नहुनुको अर्थ नरहेको गौतम सचिवालयको भनाई छ ।

गौतमलाई बैठकमा सहभागी हुन एमालेले पठाइएको पत्रमा उनलाई पार्टी उपाध्यक्षकै हैसियतमा सम्बोधन गरिएको छ ।

माधव पक्षलाई छुट्टै पार्टी बनाउन आव्हान गरेका थिए

एमाले विवाद चरमतामा पुग्दै गर्दा गत वैशाख २७ मा २ बुँदे धारणा सार्वजनिक गर्दै नेता गौतमले माधवकुमार नेपाललाई पार्टी निर्माणको प्रक्रियामा अगाडि बढ्न आग्रह गरेका थिए । उनले नयाँ पार्टी निर्माणको प्रक्रियामा अगाडि आफुँ पनि साथ दिने घोषणा गरेका थिए ।

त्यसपश्चातका समयमा पनि उनले सार्वजनिक रुपमा पटक–पटक माधव पक्षलाई छुट्टै पार्टी निर्माण गर्न आग्रह गर्दै आएका छन् । गत जेठ २० मा माधव पक्षीय बुद्धिजीवी संगठनको भर्चुअल बैठकमा पनि उनले आफुँ माधव नेपालसँगै उभिने उद्घोष गरेका थिए ।

गौतमले प्रष्ट रुपमा माधव नेपाललाई नयाँ पार्टी निर्माणको दिशामा अगाडि बढ्न पनि आग्रह गरेका थिए । उनले आफुँ सँगै रहने पनि बताएका थिए । भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘माधव कमरेडहरुले आँट गरेर नयाँ पार्टी बनाउनु भयो भने म त्यहि पार्टीमा उहाँहरुकै साथमा रहनेछु ।’

दोहोरो चरित्र छ वामेदवको

तत्कालिन नेकपा विवादमा पनि नेता गौतमले दोहोरो चरित्र देखाउँदै आएका थिए । ओलीविरुद्धको गठबन्धन बनाउन कस्सिने उनी अन्तिम समय आफैंले बनाउन लगाएको गठबन्धनको विरुद्व उभिने गर्दथे ।

गौतमलाई तत्कालिन नेकपामा विवादको जड भनेर पनि कतिपय माधव पक्षीय नेताहरुले भन्ने गरेका छन् । ‘वामदेवकै कारण रडाको मच्चिएको हो, ओलीलाई उकास्न वामदेवकै खेल महत्वपूर्णं छ’, तत्कालिन समय रामकुमारी झाँक्रीले एक टेलिभिजन कार्यक्रममा भनेकी थिइन् ।

तत्कालिन नेकपामा देखिएको दोहोरो भूमिका एमाले विवादमा पनि देखिएको छ । उनले कहिले माधव पक्षलाई सहयोग गरेजस्तो गर्ने र पुनः ओलीतिरै फर्किने गरेका छन् । पछिल्लो बैठकमा सहभागी हुने निर्णयलाई पनि दोहोरो भूमिकाको उपजको रुपमा कतिपयले टिप्पणी गरेका छन् ।

वि.सं.२०७८ असार १८ शुक्रवार १२:५१ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...