back
CTIZAN AD

भारतमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण हुनेको संख्या

वि.सं.२०७८ असार १८ शुक्रवार

720 

shares

१८ असार, दिल्ली । भारतमा निरन्तर रुपमा घट्दै गएको कोरोना संक्रमण तीन दिन यता भने बढ्दै गएको पाइएको छ ।

भारतमा मंगलबार ३७ हजार ७० जना संक्रमित भएकोमा बुधबार विहीबार भने यो संख्या बढेको छ । भारतमा बुधबार ४६ हजार १०४ र विहीवार ४८,६०६ संक्रमित भेटिएका हुन् । मंगलबारको तुलनामा संक्रमित हुनेको यो संख्या झण्डै १० हजारले बढी हो ।

सोहि अवधिमा भारतमा बिहीवार ५८ हजार ४७४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने ८४३ जनाले ज्यान गुमाएका छन् ।

भारतमा हालसम्म कोरोनाबाट ३ करोड ४ हजार संक्रमित भएका छन् भने ती मध्ये २ करोड ९५ लाख निको भएका छन् । कूल संक्रमित कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख पुगेको छ भने हाल ५ लाख ४ हजार सक्रिय संक्रमितको उपचार भइरहेको छ ।

 

 

वि.सं.२०७८ असार १८ शुक्रवार १३:०४ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...