back
CTIZAN AD

चौथो टि-२० मा वेस्टइंडिज २१ रनले विजयी, पोलार्डको विस्फोटक ब्याटिङ्ग

वि.सं.२०७८ असार १८ शुक्रवार

747 

shares

१८ असार, काठमाडौँ । दक्षिण अफ्रिका र वेस्टइंडिज बिचको चौथो टि-२० मा वेस्टइंडिजले २१ रनले जित हासिल गरेको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको वेस्टइंडिजले २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको थियो । वेस्टइ्रंडिजका लागि कप्तान काइरोन पोलार्डले २५ बलमा ५१ रनको विस्फोटक पारी खेलेका थिए । उनले त्यसक्रममा ५ छक्का र २ चौका प्रहार गरेका थिए । दक्षिण अफ्रिकाका लागि बलिङ्गमा भने जर्ज लिन्डे र तबराइज शम्सीले सर्वाधिक २/२ विकेट लिएका थिए ।

वेस्टइंडिजले दिएको १६८ रनको लक्ष्य दक्षिण अफ्रिकाले पुरै २० ओभर पनि खेल्दाँ पनि पुरा गर्न सकेन । दक्षिण अफ्रिकाको टिमले २० ओभरमा ९ विकेट गुमाएर १४९ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि क्विनटन डि ककले ६० रनको विस्फोटक पारी खेले पनि टिमलाई जित भने दिलाउन सकेनन् । बलिङ्गमा वेस्टइंडिजका लागि डुवेन ब्राबोले उत्कृष्ट बलिङ्ग गर्दै ४ विकेट लिएका थिए ।

जितसँगै वेस्टइंडिजले ५ खेलको टि-२० श्रृखलामा २-२ ले बराबरी गरेको छ ।

वि.सं.२०७८ असार १८ शुक्रवार १३:०७ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...