back
CTIZAN AD

एमाले बैठकमा पदाधिकारीका को गए, को गएनन् ? (नामसहित)

वि.सं.२०७८ असार १८ शुक्रवार

750 

shares

असार १८, काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहभागी भएको छैन् । बैठकमा पार्टी एकता अभियान चलाउँदै आएका उपाध्यक्ष वामदेव गौतम भने सहभागी छन् ।

माधव पक्षले यसअघि बिहीबार नै आफुँ पक्षको स्थायी समिति बैठक राख्दै आजको बैठकमा सहभागी नहुने निर्णय गरेको थियो । माधव पक्षले आजको बैठकलाई अधैव कमिटीको बैठकको रुपमा व्याख्या गरेको छ ।

साबिक एमालेको संरचनाअनुसारको भनिएको केन्द्रीय कमिटी बैठकमा गत बुधबार विधिवत रुपमा खारेज गरिएको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकबाट मनोनित पूर्वमाओवादी समूहका नेताहरु पनि सहभागी छन् । बैठकमा पूर्वमाओवादी नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा पनि सहभागी छन् ।

बैठकमा साबिक एमालेका पदाधिकारीका बहुमत सदस्य भने सहभागी छैनन् । पदाधिकारीका १५ सदस्यमध्ये ६ सदस्यमात्रै बैठकमा उपस्थित छन् ।

पदाधिकारीका को उपस्थित छन्, को छैनन् ?

उपस्थित भएका

केपी शर्मा ओली, अध्यक्ष
बामदेव गौतम, उपाध्यक्ष
ईश्वर पोखरेल, महासचिव
विष्णुप्रसाद पौडेल, उपमहासचिव
प्रदीप ज्ञवाली, सचिव
पृथ्वी सुब्बा गुरुङ, सचिव

उपस्थित नभएका

माधवकुमार नेपाल, वरिष्ठ नेता
झलनाथ खनाल, वरिष्ठ नेता
भीम रावल, उपाध्यक्ष
युवराज ज्ञवाली, उपाध्यक्ष
अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष
घनश्याम भुसाल, उपमहासचिव
गोकर्ण बिष्ट, सचिव
योगेश भट्टराई, सचिव
भीम आचार्य, सचिव

सम्बन्धित समाचार

बालुवाटारमा एमालेको बैठक सुरु, माधव पक्ष भने भएन सहभागी

वि.सं.२०७८ असार १८ शुक्रवार १३:२६ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...