back
CTIZAN AD

चीनबाट ४० लाख खोप ल्याइदै, यस्तो छ प्राथमिकता

वि.सं.२०७८ असार १९ शनिवार

747 

shares

१९ असार, काठमाण्डौ । ‘बिरालो सेतो होस वा कालो मुसा मार्ने चाहि हुनैपयो’ भन्ने चिनियाँ उखानजस्तो अहिले जसरी पनि खोप चाहिएका बेला नेपालले चीनबाट ४० लाख खोप ल्याउने भएको खबरले मुलुकमा थोरै उत्साह बढेको छ ।

सरकारले चीनसँग ४० लाख डोज खोप खरिदका लागि नन डिस्क्लोजर एग्रीमेन्ट गरेसंगै पहिलो चरणमा १० लाख खोप आउने अनुमान गरिएको छ ।

असार १८ सम्मको बिबरण अनुसार नेपालमा ७ लाख ५७ हजार ३८० ले दुवै खोप प्राप्त गरेका छन भने २५ लाख ७४ हजार ७१५ ले पहिलो खोप लगाएका छन ।

प्रतिक्षामा बसेका झण्डै १८ लाखलाइ दोस्रो खोपको तयारी गरीने भएको छ । साथै ५५ बर्ष माथि उमेर समुह र बढि जोखिममा काम गर्नुपर्नेलाइ प्राथमिकतामा राखिने बताइएको छ । यसबाहेक पर्यटन क्षेत्र उत्साहित पार्न र बिदेशमा भिसा प्राप्त गरेका नागरीकलाइ पनि खोपको ब्यबस्था हुनुपर्ने माग बढेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिपक्षि दलहरुले संक्रमण बढाएको र खोपको राजनीति गरेपनि आफु बिचलित नहुने बताएका छन भने खोप किन्न शुरुदेखि नै पारदर्शि काम नगरेको, भारतमा पैसा बुझाएर पनि ल्याउन नसकेको, चीनको सदासयतालाइ बुझन नसकेको र राष्टपति तथा प्रधानमन्त्रीको सचिवालयबाट अमेरीकाबाट ७० लाख खोप आउदै भनेर प्रचार गरीएको जस्ता बिषयमा बिपक्षिहरुले टिप्पणी गर्दै आएका छन ।

स्वास्थ सेवा बिभागका अनुसार असार २४ मा १० लाख खोप पहिलो खेपमा आउने छ भने त्यसपछि क्रमश ३० लाख आउने निश्चित भएको छ । यो खोपको मुल्य सार्वजनिक गर्न नपाइने चीनीया शर्तका कारण औपचारीक रुपमा नभनिएपनि १ डोजका लागी लगभग १४ डलर पर्ने श्रोतले बताएको छ ।

No photo description available.

वि.सं.२०७८ असार १९ शनिवार ०८:५७ मा प्रकाशित

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...