१९ असार, दिल्ली । वलीवुडका चर्चित नायक आमिर खान र उनकी पत्नी किरण रावले १५ वर्षको सम्बन्ध अन्त्य गरेको बताएका छन् ।
विवाह बन्धनमा बाँधिएको १५ वर्षपछि उनीहरुले आफुहरु छुट्टिएको भन्दै साझा स्टेटमेन्ट दिएका छन् ।
दुवै पति पत्नीले १५ वर्ष सँम्म आफुहरु दुवैले एकअर्कासँग अत्यन्तै रमाइलो क्षण विताएको र आफूहरुले एकअर्कालाई भरोसा सम्मान र माया गरेरै १५ वर्ष विताएको भन्दै अब भने दुवैले अलग रहेर जीवनको नयाँ अध्यायको सुरुवात गर्ने बताएका छन् । उनीहरुले भनेका छन्–अब हाम्रो सम्बन्ध श्रीमान श्रीमतीको रुपमा नभएर आमा–बाबुको रुपमा अगाडि बढ्नेछ ।’
उनीहरुले आफूहरु अलग रहेपनि १० वर्षीय छोरा आजादलाई मिलेर पाल्ने बताउँदै आफूहरुले ज–जसले बुझेर यो निर्णयमा सहयोग गरे उनीहरुलाई धन्यवाद समेत दिएका छन् ।
लगानको सुटिङका बेला भेट भएको थियो दुवैको
आमिर खानले एक प्रसंगमा आफू र किरण रावको भेट फिल्म लगानको सुटिङका क्रममा भएको बताएका थिए । त्यतिबेला किरणले उक्त फिल्ममा असिस्टेन डाइरेक्टरको भूमिका निर्वाह गरेकी थिइन्् । ५६ वर्षीय आमिर खानले आफूभन्दा ९ वर्ष कान्छी किरण रावसँग २००५ मा विवाह गरेका थिए । उनीहरुले सरोगेसीबाट जन्माएका आजद अहिले १० वर्षका छन् ।
रिनादत्तसँग १६ वर्ष चलेको थियो सम्बन्ध
आमिर खानले किरण भन्दा पहिले रीना दत्तसँग विवाह गरेका थिए । समाचार ऐजेन्सीका अनुसार कयामत से कयामत फिल्मको सुटिङका क्रममा उनले रीनासँग विवाह गरेका थिए । उनीहरुको १६ वर्षको सम्बन्ध २००२ अप्रिलमा टुटेको थियो । उनीहरुबाट जन्मिएका जुनेद र आइरा अहिले रीनासँगै बस्छन् ।

वि.सं.२०७८ असार १९ शनिवार १४:३६ मा प्रकाशित






























