back
CTIZAN AD

साहित्यकार ओलीलाई दीर्घ साहित्य सेवा पुरस्कार प्रदान

वि.सं.२०७८ असार १९ शनिवार

612 

shares

१९ असार, झापा । झापाको अर्जुनधारा नगरपालिकाले अगुवा साहित्यकार सरोज ओलीलाई ‘अर्जुनधारा दीर्घ साहित्य सेवा पुरस्कार–२०७८’ प्रदान गर्ने भएको छ ।

पुरस्कारको राशि रु ५१ हजार र ताम्रपत्र रहेको छ । साहित्यकार ओली आधा शताब्दीदेखि साहित्य क्षेत्रमा क्रियाशील छन् । नगरपालिकाले गठन गरेको भाषा, कला, साहित्य तथा संस्कृति प्रवद्र्धन समितिकी संयोजक सुशिला सुवेदीले बताइन्।

समितिले यो पुरस्कार यसै वर्षदेखि प्रदान गर्न लागेको हो । अर्जुनधारा नगरपालिकाले यही असार २५ गते पुरस्कार वितरण गर्ने जनाएको छ । अर्जुनधारा नगरपालिका साहित्यका लागि उर्वरभूमिका रुपमा परिचित छ । मदन पुरस्कार विजेता साहित्यकार कृष्ण धरावासी र पद्मश्री पुरस्कार विजेता कृष्ण बरालसमेत यही नगरका बासिन्दा हुन् ।

वि.सं.२०७८ असार १९ शनिवार १४:३४ मा प्रकाशित

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका...

मनै लोभ्याउने ‘माइपोखरी’

मनै लोभ्याउने ‘माइपोखरी’

फिक्कल (इलाम) । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा...