back
CTIZAN AD

‘निजी कम्पनीको स्वार्थमा देशको ध्वजावाहकलाई विघटन गर्ने ओलीको राष्ट्रघाती कदमको प्रतिवाद गरौं’

वि.सं.२०७८ असार २२ मंगलवार

864 

shares

२२ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले निजी हवाइ कम्पनीको स्वार्थमा देशको ध्वजावाहकलाई विघटन गर्ने ओलीको राष्ट्रघाती कदमको प्रतिवाद गर्नुपर्ने टिप्पणी गरेका छन् ।

डा. भट्टराईले नेपाल निजी कम्पनीको स्वार्थमा वायुसेवा निगमलाई गुपचुप ढंगले विघटन गर्न लागिएको कुरा अत्यन्त गम्भीर र आपत्तिजनक रहेको समेत बताएका छन् ।

‘एउटा निजी हवाइ कम्पनीको स्वार्थमा देशको ध्वजावाहक नेपाल वायुसेवा निगमलाई गुपचुप ढंगले विघटन गर्नलागिएको कुरा अत्यन्त गम्भीर र आपत्तिजनक छ,’ सामाजिक संजाल ट्विटरमा लेख्दै डा. भट्टराईले भनेका छन्, ‘संसद र संसदीय समिति क्रियाशील नरहेको मौका छोपेर ओली र उनका आसेपासेहरूले यो दुष्कर्म गर्नु झन् अपराधिक र राष्ट्रघाती छ ! सबैतिरबाट प्रतिवाद गरौं !’

सरकारले नेपाल वायुसेवा निगमलाई विघटन गरी निजी कम्पनीलाई दिने निर्णय गरेपछि त्यसको सबैतिरबाट आलोचना भइरहेको छ ।

वि.सं.२०७८ असार २२ मंगलवार १५:५८ मा प्रकाशित

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...