back
CTIZAN AD

ओलीको ‘भ्याकेट’ निवेदनमाथि सुनुवाई हुँदै, होला त पुनर्वहालीको आदेश खारेज ?

वि.सं.२०७८ असार २३ बुधवार

639 

shares

असार २३, काठमाडौं । कर्णाली प्रदेशसभाका चार सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशमाथि एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको भ्याकेट निवेदनमाथि आज सुनुवाई हुने भएको छ । उक्त निवेदन न्यायाधीशद्धय विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाई हुन लागेको हो ।

ओलीले गठन गरेको विवादित दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले कर्णाली प्रदेशसभाका चार सांसद प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो । तर, अदालतले आयोजक कमिटीको वैधतामाथि प्रश्न उठाउँदै पुनर्वहालीको आदेश दिएको थियो । गत जेठ २७ मा न्यायाधीश प्रकाशमानसिंह राउतको एक इजलासले उनीहरुमाथि गरिएको कारबाही बदर गर्दै पुनर्वहाली गर्न आदेश गरेको थियो ।

अदालतले महाधिवेशन आयोजक कमिटीको बैधतामाथि प्रश्न उठाउँदै राजनीतिक दलसम्बन्धी ऐनअनुसार उक्त कमिटीले कुनै पनि सदस्यलाई प्रष्टिकरण सोध्ने र कारबाही गर्न नसक्ने ठहर गरेको थियो । तर, ओलीले उक्त आदेशमाथि भ्याकेट निवेदन हालेका थिए ।

हाल उक्त कमिटीलाई केन्द्रीय कमिटीको रुपमा रुपान्तरण गरिएको छ । असार १६ मा बैठक राख्दै ओलीले उक्त कमिटीलाई नै केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेका थिए । अहिले एमालेभित्र उक्त निर्णयमाथि विवाद छ ।

साथै ओलीले अदालतमा बुझाएको भ्याकेट निवेदनमाथि पनि एमालेको माधवकुमार नेपाल पक्षले विरोध गर्दै आईरहेको छ । एमाले विवादमा सहमती खोजिएको बेला भ्याकेट निवेदनमाथि सुनुवाई हुन लाग्नुलाई अर्थपूर्णं रुपमा हेरिएको छ ।

वि.सं.२०७८ असार २३ बुधवार १३:१० मा प्रकाशित

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...