back
CTIZAN AD

व्यवसायिक बाख्रापालनतर्फ उन्मुख हुँदै किसान

वि.सं.२०७८ असार २३ बुधवार

783 

shares

२३ असार, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका किसान व्यवसायिक बाख्रापालन व्यवसायतर्फ उन्मुख भएका छन् ।

प्रधानमन्त्री आधुनिकीकरण परियोजनाअन्तर्गत बाख्राको साना व्यवसाय कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रमअन्तर्गत मध्यवर्ती युवा बाख्रापालन समूहमा आबद्ध किसानलाई अनुदान रकम उपलब्ध गराई व्यावसायिक बाख्रापालन व्यवसायतर्फ उन्मुख गराइएको छ ।

व्यवसायिकरूपमा बाख्रापालनका लागि परियोजनाले रु १५ लाख २२ हजार १५० र समूहमा आबद्ध किसानले रु १४ लाख ७० हजार ५० रकम बेहोर्ने सम्झौता गरिएको छ । कार्यक्रमको कूल लागत रु ३० लाख रहेको छ ।

समूहमा आबद्ध २४ परिवारले गरेको बाख्रापालनबाट ११५ जना लाभान्वित भएका छन् । नगरपालिकाका पशु शाखा प्रमुख रामप्रसाद भट्टले खरी, जमुनापारी, बोयर क्रस, वारवरी, विटल, सिरोही, जमुनापारी क्रस जातका बाख्रा वितरण गरिएको जानकारी दिए ।

“व्यवसायिकरूपमा बाख्रापालनको कार्यमा संलग्न किसानलाई आधुनिक तरिकाले बाख्रापालन गर्ने तौरतरिकाबारे तालिमका माध्यमबाट जानकारी दिनका लागि कार्य अगाडि बढाइएको छ”, उनले भने, “खोर व्यवस्थापनदेखि आन्तरिक र बाह्य परजीवी नियन्त्रणका लागि किसानलाई सुसूचित गर्दैछौँ ।” उनका अनुसार बाख्रामा विशेषगरी निमोनिया, खोरेत, भ्यागुते, थुनिलो, कक्सीडियोसीस, कन्टेजियस इकथाइमा, जुकालगायतका रोग देखापर्ने गरेका छन् ।

बाख्रालाई सन्तुलित आहारको व्यवस्थाका लागि समेत किसानलाई जानकारी दिने गरिएको उनले बताए। बाख्राका लागि आवश्यक पर्ने डालेघाँस र अन्य पोषणयुक्त घाँसका बिरुवा लगाउनका लागि गाउँ नजिकैको सार्वजनिक नदी तटीय क्षेत्रको जग्गालाई छनोट गरिएको वडाध्यक्ष जगतबहादुर सिंहले बताए। नदी तटीय क्षेत्रमा झण्डै २० बिघा क्षेत्रफलमा तारबार गरी घाँस रोप्ने कार्यलाई केही दिनभित्रै शुरु गरिने उनका भनाइ छ ।

मध्यवर्ती युवा बाख्रापालन समूहका अध्यक्ष तेजबहादुर विष्टले परम्परागत तरिकाले बाख्रापालन गर्दा लागत खर्च धेरै आउने गरेको उल्लेख गर्दै आधुनिक तरिकाले बाख्रापालन गर्दा लागत घटन गई आम्दानी बढ्ने भएकाले यसलाई व्यावसायिकरूपमा अगाडि बढाउन हौसिएको बताए ।

“चरिनचरनका लागि विगतको जस्तो बाख्रालाई निकुञ्ज क्षेत्रमा अब लग्दैनौँ”, उनले भने, “पोषणयुक्त घाँसखेती गरी घरमै व्यवस्थितरूपमा बनाइएका खोरमा राखेर बाख्रापालनको कार्य हुन्छ ।”

बाख्रापलन विशेषगरी मासु र दुग्ध पदार्थ उत्पादनका लागि गरिँदै आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशनसिंह थापाले बताए । उनले भने, “बाख्रापलन कम लागत र सामान्य हेरचाह गर्दा पुग्ने भएकाले विपन्न वर्गका किसानको जीविकोपार्जनको माध्यमका रूपमा यो व्यवसाय रहेको छ । गरिबी हटाई विपन्न वर्गका व्यक्तिलाई आत्मनिर्भर बनाउनका लागि यस व्यवसायले सघाउ पुर्याउने विश्वास लिएका छौँ ।”

व्यावसायिकरूपमा बाख्रापालन व्यवसायमा संलग्न किसानको व्यवसाय प्रवद्र्धनका लागि नगरपालिकाबाट समेत सहयोग गर्न तत्पर रहेको उनले बताए। मासुमा नगरपालिकालाई आत्मनिर्भर बनाउनका लागि किसानलाई व्यावसायिक बाख्रापालनतर्फ डोहोर्याइएको उनका भनाइ छ । सिमलफाँटा गाउँका अधिकांश परिवारले बाख्रापालन गर्दै आएका छन् ।
रासस

वि.सं.२०७८ असार २३ बुधवार १३:४५ मा प्रकाशित

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार (सुर्खेत) । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...