back
CTIZAN AD

एमाले वार्ता : के होला ओलीले गठन गरेको केन्द्रीय कमिटी र त्यसका निर्णयहरु ?

वि.सं.२०७८ असार २३ बुधवार

681 

shares

असार २३, काठमाडौं । एमालेभित्रको विवाद चरमतातिर पुगिरहेको बेला प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकताको आव्हान गर्दै गत जेठ २३ मा ६ बुँदे प्रस्ताव अगाडि सारेका थिए । तर, उनको ६ बुँदे प्रस्ताव माधवकुमार नेपाल पक्षले ‘कपटपूर्णं’ भन्दै तत्कालै अस्वीकार गरेको थियो । माधव पक्षले अस्वीकार गरेपनि उनले एकतर्फी रुपमा उक्त ६ बुँदेको प्रस्तावअनुसार पार्टी संरचनालाई पुनर्गठन गर्न तर्फ लागेका थिए ।

ओलीले सोही प्रस्तावअनुसार असार १६ मा विवादित दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई खारेज गरे । सँगै उनले सोही कमिटीलाई नै केन्द्रीय कमिटीमा पनि रुपान्तरित गरेको निर्णय सुनाए । खारेज गरिएको कमिटीबाट पूर्वमाओवादी समूहका केहि नेतालाई पार्टी स्थायी समिति र केन्द्रीय समितिमा पनि समेट्ने निर्णय ओलीले गरेका थिए ।

ओलीले आयोजक कमिटीबाट रुपान्तरण गरेको रुपान्तरित केन्द्रीय कमिटीको बैठक असार १८ र १९ मा बसेका थियो । तर, एमाले एकता अभियानका अभियानकर्ता वामेदव गौतम सहभागी भएपनि माधव पक्षले भने बैठकलाई पुनः अबैध भन्दै बहिस्कार गरेको थियो ।

माधव पक्षको बहिस्कारका बीच उक्त बैठकले केहि महत्वपूर्णं निर्णयहरु भने गरेको छ । बैठकले माधव पक्षका सन्दर्भमा पनि केहि निर्देशन दिएको छ । तर, उक्त बैठकका निर्णयहरु र निर्देशनहरुको मसि सुक्न नपाउँदै एमालेमा भने अर्को फरक राजनीतिक घटनाहरु सुरुवात हुन थालेको छ । एकाएक निस्क्रिय भएको एमाले विवाद समाधान कार्यदल ब्यूँतिएको छ र सहमतीको खोजी हुन थालेको छ ।

‘सहमती नजिक छ वार्ता’

एमाले विवाद उचाईमा पुगेको बेला गत जेठ २ मा दुवै पक्षका नेताहरु समेटेर १० सदस्यीय विवाद समाधान कार्यदल बनेको थियो । ओली पक्षबाट सुवास नेम्वाङ र माधव पक्षबाट भीम रावल संयोजक रहेको उक्त कार्यदल निष्कर्षमा नै पुग्न नपाई गत जेठ ६ पछि निष्क्रिय बनेको थियो ।

संसद विघटनका घटनासँगै वार कि पारको अवस्थामा पुगेको एमाले विवाद पुनः संसद विघटनविरुद्वको मुद्दामा फैसला हुँदै गर्दा समाधान नजिक पुगेको बताइएको छ । सोमबारदेखि निरन्तर बसिरहेको कार्यदलको बैठक तेस्रो चरणको वार्तामा सहमती नजिक पुगेको नेताहरुको दाबी छ ।

बुधबारको वार्ताले निकै सकारात्मक अवस्था सिर्जना गरेको नेताहरुले बताएका छन् । एमाले प्रवक्तासमेत रहेका कार्यदल सदस्य प्रदीप ज्ञवालीले वार्ताको परिणाम भोलीसम्म नै आउनसक्ने बताए ।
‘विवाद समाधान गर्ने विषयमा हामी सहमति उन्मुख छौँ, भोलिसम्ममा परिणाम आउँछ, तपाईँहरुले सकारात्मक परिणाम पाउनुहुनेछ’, ज्ञवालीले भनेका छन् ।

‘०७५ जेठ २’ को एजेण्डामा सहमती

बताइएअनुसार पछिल्लो वार्तामा पार्टी संरचना ‘०७५ जेठ २’ कै अवस्थामा फर्काउने विषयमा ओली पक्ष सहमत देखिएको छ । ओली पक्षले माओवादी केन्द्र छाडेका नेताहरुको व्यवस्थापनसहित जेठ २ मा फर्किने विषयमा सहमती जनाएको माधव पक्षका एक नेताले बताएका छन् ।

उनका अनुसार सहमती भए जेठ ३ लाई आधार मानेर असार १६ मा ओलीले गठन गरेको केन्द्रीय समिति खारेज हुनेछ । गत ०७७ फागुन २३ मा सर्वोच्च अदालतले गरेको आदेश गरेअनुसार ०७५ जेठ २ कै अवस्थामा फर्किएको घोषणा गरिनेछ ।

पार्टी संरचनालाई जेठ २ कै अवस्थामा फर्काएपश्चात मात्रै माओवादी नेताहरुलाई एमालेमा विधिवत प्रवेश गराईने उनले बताए । जसबारे बिहीबार बस्ने बैठकले निर्णय गर्ने ती नेताको भनाई छ ।

वि.सं.२०७८ असार २३ बुधवार १६:४७ मा प्रकाशित

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...