back
CTIZAN AD

रामकुमारी झाँक्री भन्छिन् – फेरि ओलीको जालझेलमा झुक्किनु हुँदैन

वि.सं.२०७८ असार २४ बिहीवार

903 

shares

असार २४, काठमाडौं । नेकपा (एमाले)को विवाद समाधान कार्यदलको वार्ता सकारात्मक भएको चर्चा चलिरहँदा माधव पक्षीय नेतृ रामकुमारी झाँक्रीले भने पार्टी अध्यक्ष केपी शर्मा ओलीले जालझेल नै गर्न खोजेको टिप्पणी गरेकी छिन् । उनले अदालतको फैसला नआउन्जेल र सरकार नबनेसम्म ओलीको सर्तमा फस्न नहुने बताएकी छिन् ।

बिहीबार एमाले कार्यदलको चौथो चरणको वार्ता सम्पन्न भएलगत्तै उनले यस्तो टिप्पणी गरेकी हुन् । झाँक्रीले नयाँ प्रक्रियाको सुरुवात गरिएको भन्दै पछाडि फर्कन नहुने बताएकी छिन् ।

‘लोकतन्त्रको रक्षाको लागि संवधिानलाई क्रियाशील गराउन संसदको पुनस्स्थापना एउटा अनिवार्य सर्त हो, हामीले यसको लागि एउटा प्रक्रियाको मात्र थालनी गरेका हौँ’, झाँक्रीले भनेकी छिन्, ‘अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी छ, त्यसकारण कुनै पनि जालझेलमा पर्नुहुन्न, झुक्किनु हुँदैन।’


लामो समयदेखि निष्क्रिय एमाले विवाद समाधान कार्यदल सोमबारदेखि सक्रिय छ । कार्यदलको छलफलहरु सकारात्मक हुँदै गएको नेताहरुले बताएका छन् ।

तर, एमाले कार्यदलको छलफल सकारात्मक भईरहेको चर्चाका बीच माधव पक्षीय नेतृ झाँक्रीको यस्तो भनाई सार्वजनिक हुनुलाई अर्थपूर्णंं मानिएको छ । झाँक्रीको भनाईले ओली पक्षसँग माधव पक्ष थप सशंकीत रहेको देखाउँछ ।

वि.सं.२०७८ असार २४ बिहीवार १३:५५ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...