back
CTIZAN AD

के एमाले विवाद समाधान उन्मुख हो ?

वि.सं.२०७८ असार २४ बिहीवार

636 

shares

असार २४, काठमाडौं । नेकपा (एमाले)को विवाद समाधान कार्यदलको बैठक केहिबेर बसेर स्थगित भएको छ । बैठक बिहीबार बेलुका पुनः बस्ने गरि स्थगित भएको पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यदल संयोजक सुवास नेम्वाङले बताएका छन् ।
उनका अनुसार एमाले विवाद समाधान उन्मुख छ । बेलुका बस्ने बैठकले सहमतीको घोषणा गर्न सक्ने नेम्वाङले बताए ।

यता माधव पक्षका कार्यदल सदस्य गोकर्ण विष्टले पनि विवाद करिब समाधानको बिन्दुमा पुगेको दाबी गरेका छन् । उनले पनि साँझ बस्ने बैठकले निष्कर्ष निकाल्ने विश्वास देखाएका छन् ।

‘कार्यदलले चौथो बैठक सम्पन्न गरेको छ, हिजोभन्दा आज थप प्रगती भएको छ । केही कुरा बाँकी छ, त्यो कुरा टुंगो लगाउने गरी साँझ फेरि छलफल हुनेछ,’ बिहीबार बैठक सकिएलगत्तै सञ्चारकर्मीहरुसँगको कुराकानीमा विष्टले भनेका छन्, ‘निष्कर्षमा पुग्न अब त्यती धेरै समय लाग्दैन, आज बेलुका धेरै हदसम्म समाधान खोज्छौं, अब धेरै लामो समय लाग्ने अवस्था छैन, लगभग हामी समाधानको बिन्दूमा आएका छौं ।’

लामो समयदेखि निष्क्रिय एमालेको विवाद समाधान कार्यदलको बैठक सोमबारदेखि निरन्तर बसिरहेको छ । कार्यदलको बैठक बसिरहेको बेला बुधबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो। दुई नेताबीच मेरियट होटलमा झण्डै दुई घण्टा वान अन वान वार्ता भएको थियो।

‘०७५ जेठ २’ को एजेण्डामा सहमती खोजीँदै

बताइएअनुसार पार्टी संरचना ‘०७५ जेठ २’ कै अवस्थामा फर्काउने विषयमा दुई पक्षबीच सहमती खोजिँदैछ । माधव पक्षीय नेता विष्टले बताएअनुसार ओली पक्षले माओवादी केन्द्र छाडेका नेताहरुको व्यवस्थापनसहित जेठ २ मा फर्किने विषयमा सहमती जनाएको छ ।

बताइएअनुसार सहमती भए जेठ ३ लाई आधार मानेर असार १६ मा ओलीले गठन गरेको केन्द्रीय समिति खारेज हुनेछ । गत ०७७ फागुन २३ मा सर्वोच्च अदालतले गरेको आदेश गरेअनुसार ०७५ जेठ २ कै अवस्थामा फर्किएको घोषणा गरिनेछ ।

नेताहरुले केहि प्राविधिक तथा सांगठनिक विषयमा थप सहमती खोज्न बाँकी रहेको बताएका छन् । संसद पुनःस्र्थापना भईहाले कसरी जाने भन्ने विषयमा ठोस निष्कर्ष निस्किन बाँकी रहेको बताइएको छ ।

तर, ओलीप्रति माधव समूहको मुख्य खेमामा गम्भीर आशंका बाँकी नै

एमालेको विवाद समाधान उन्मुख भएको चर्चा चलिरहँदा माधव पक्षको मुख्य खेमामा भने गम्भीर आशंका उब्जिएको छ । माधव पक्षको मुख्य खेमाको प्रतिनिधित्व नेतृ रामकुमारी झाँक्रीले ओलीप्रति विश्वास गरिहाल्ने अवस्था नरहेको टिप्पणी गरेकी छिन् ।

बिहीबार कार्यदलको वार्ता सकिए लगत्तै सामाजिक सञ्जालमार्फत झाँक्रीले फेरि ओलीको जालझेलमा पर्न नहुने बताएकी छिन् । ‘लोकतन्त्रको रक्षाको लागि संवधिानलाई क्रियाशील गराउन संसदको पुनस्स्थापना एउटा अनिवार्य सर्त हो, हामीले यसको लागि एउटा प्रक्रियाको मात्र थालनी गरेका हौँ’, झाँक्रीले भनेकी छिन्, ‘अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी छ, त्यसकारण कुनै पनि जालझेलमा पर्नुहुन्न, झुक्किनु हुँदैन।’

एमाले कार्यदलको छलफल सकारात्मक भईरहेको चर्चाका बीच माधव पक्षीय नेतृ झाँक्रीको यस्तो भनाई सार्वजनिक हुनुलाई अर्थपूर्णंं मानिएको छ । झाँक्रीको भनाईले ओली पक्षसँग माधव पक्ष थप सशंकीत रहेको देखाउँछ ।

वि.सं.२०७८ असार २४ बिहीवार १४:३२ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...