back
CTIZAN AD

एनआरएनए जापानको अध्यक्षका उम्मेदवार नरेन्द्र बस्नेत भन्छन–संस्थाको शाख बढाउन अझै मेहनत गर्नेछु

वि.सं.२०७८ असार २४ बिहीवार

747 

shares

२४ असार, जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अधिवेशन नजिकिएसँगै उम्मेद्वारी घोषणा गर्ने क्रम तिब्र भएको छ । यसै क्रममा वर्तमान कार्यसमितिका सल्लाहकार एबम ओशाकामा रहेर एनआरएनए अभियानमा सक्रिय रहेका नरेन्द्र कु.बस्नेत (दिनेश) ले २०२१–२०२३ कार्यकालका लागि अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् ।

बस्नेतले उम्मेद्वारी घोषणा गर्दै छानबीन समितिको प्रतिबेदन र केही बिवादित घटनाक्रमले जनमानसमा एनआरएनए जापानको छवि केहि धमिलिएको अवस्थामा जापानवासी नेपालीको सुख–दुःखमा अभिभावक भएर साथ दिनृ सक्ने गरि संस्थालाई परिस्कृत गर्दै एनआरएनएको साख बढाउने गरि अगाडि बढ्ने बताएका छन् । उनले जापानवासी नेपाली र राष्ट्रहितसँग सम्बन्धित हरेक कुरालाई आफुले प्राथमिकता दिने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।

२००६ देखि नै सक्रिय
सन् २००६ मा कान्साई क्षेत्रीय समितिको संस्थापनमा विशेष भुमिका निभाउदै निरन्तर एनआरएनए अभियानमा सक्रिय रहेका बस्नेत २०११-२०१३ कान्साई समिति उपसंयोजक, २०१३-२०१५ कान्साई संयोजक हुँदै एनआरएनए अभियानमा जोडिएका हुन् बस्नेत । साथै २०१५-२०१७ एनआरएनए जापानको क्षेत्रिय समन्वय समिति संयोजक तथा २०१७-२०१९ र २०१९-२०२१ मा क्रमशः एनआरएनए जापानको सल्लाहकारको रुपमा आफ्नो भूमिका निर्वाह गर्दै आइरहेका छन् ।

No description available.

सामाजिक काममा निरन्तर सक्रिय बस्नेत
पदमा रहदा मात्र नभएर समाजको आवश्यकता अनुसार पदमा नरहदा पनि आफुले जानेको बुझेको सकेको सहयोग गर्न सदैव तत्पर रहनुपर्छ भन्ने बस्नेतले जापानको कान्साई क्षेत्रबाट युवाहरु समेट्दै खेलकुदको प्रारम्भ, नेपाली चलचित्र तथा नेपाली कलाकारहरुको बिदेश बजार प्रबद्र्धनको शुरुवात, जापानिज विज्ञहरु र जापानमा सकृय विभिन्न क्षेत्रमा सक्रिय नेपाली विज्ञहरुलाइ नेपाली राजदूतावास र केहि विज्ञहरुको सहयोगमा विभिन्न विधामा डाइलग सिरिजको शुरुवात गरि प्रवासीएका युवाको देशप्रति निभाउन सक्ने भूमिकाका लागि सहजीकरणमा सक्रिय रहेका छन् ।

त्यस्तै एनआरएन जापान कान्साई क्षेत्रीय समितिको संयोजक रहदा भुकम्पका कारण क्षतिविक्षत भएको सिन्धुपाल्चोकको पिपलडाँडामा रहेको विद्यालय भवनको पुनःनिर्माण र उदयपुरको वेल्टारमा विद्यालय भवनको नवनिमार्ण समेत गरेका छन् भने जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार सेवा केन्द्र (हेलो वर्क) सँग आवद्ध भइ नेपाली विद्यार्थीहरुको रोजगारी लगायत समग्र नेपालीको रोजगारसँग सम्बन्धित रहेर सेवा सहयोग प्रदान गर्दै आएका छन् ।

एनआरएनए अभियन्तामा आफ्नो छुट्टै पहिचान बनाउन सफल
संसारभरी छरिएर रहेका नेपालीलाई एउटै छातामुनि गोलवद्ध बनाउने पवित्र सोचसहित गठन भएको गैरआवासीय नेपाली संघभित्र पछिल्ला समय देखिएका तमाम विकृति, विसंगतिलाई बाहिर ल्याएर संस्थालाई सुदृढ बनाउने अभियानमा लाग्नुपर्छ भन्ने मध्येका एक अभियन्ता हुन् दिनेश । संस्थाभित्रका तमाम विकृति र विसंगतिहरुका विषयमा गहन छलफल चलाएमा मात्र संस्थालाई सुदृढ र सबै नेपालीको प्रिय संस्था बनाउन सकिन्छ भन्ने सकारात्मक सोँचका साथ निरन्तर कलम चलाईरहने व्यक्तित्व समेत हुन् दिनेश । जापानमै रहेका एक एनआरएनए अभियन्ता भन्छन् ‘दिनेश जी संस्थालाई सबै नेपालीको साझा संस्था बनाउनका लागि निरन्तर लागिपर्ने व्यत्तित्व हुनुहुन्छ । उहाँ  एनआरएनएलाई बुझेको योग्य उम्मेदवार हुनुुहन्छ ।’

वि.सं.२०७८ असार २४ बिहीवार १४:५० मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...