२५ असार, काठमाडौँ । लक्ष्मी बैंकले १३० औँ शाखा बुढानिलकण्ठको वडा नं ६ स्थित गणेश चोकमा सञ्चालनमा ल्याएको छ । यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।
यो नयाँ शाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १३० शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५९ एटीएम, २५ सय भन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६१ शाखारहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।
वि.सं.२०७८ असार २५ शुक्रवार ११:२८ मा प्रकाशित





























