back
CTIZAN AD

नेपाल बंगलादेश बैंकद्वारा किसान कृषि लोन कार्ड हस्तान्तरण

वि.सं.२०७८ असार २७ आइतवार

729 

shares

२७ असार, काठमाडौँ । नेपाल बंगलादेश बैंकले मकवानपुर जिल्लाको मकवानपुरगढी गाँउपालिकामा किसान कृषि लोन कार्ड वितरण गरेको छ ।

नेपाल बंगलादेश बैंक, आर एण्ड डि इनोभेटीभ सोलुसन प्रा.लि. मकवानपुरगढी गाँउपालिका र मकवानपुरगढी गाँउपालिका सहकारी समन्वय समिति बीच भएको चौ–पक्षिय सम्झौता अनुसार मकवानपुरगढीे गाँउपालिकाको अध्यक्ष बिदुर हुमागाईंबाट किसान कृषि लोन कार्ड हस्तान्तरण गरी यही असार २५ गतेबाट लगानीको सुरुआत गरिएको हो ।

यसबाट पहिलो चरणमा मकवानपुरगढी गाँउपालिका वडा नं. ३ का २५ जना कृषकहरु लाभान्वित हुने बैंकले जनाएको छ । यस योजनाअन्तर्गत बिनाधितो एकैप्रकारको ब्यासाय गर्ने र एउटै क्षेत्रका किसानलाई सहुलियतपूर्ण कृषि कर्जा प्रदान गरिनेछ । कृषकहरुले कर्जाको साथै त्यतिनै सीमा बराबरको क्यू आर कोड अंकित किसान कृषि लोन कार्ड बैंकबाट प्राप्त गर्नेछन् । उक्त कार्डबाट कृषकहरुले सामान खरीद गर्दा कार्डको क्यू आर कोडबाट भुक्तानी गर्न सक्नेछन् ।

नगद रहित बिद्युतिय भुक्तानी प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले नेपाल बङ्गलादेश बैंकले सीमान्तकृत ग्रामीण भेगका कृषकहरुलाई समेटेर यो योजना ल्याएको हो ।

वि.सं.२०७८ असार २७ आइतवार १६:४१ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...