back
CTIZAN AD

सर्वोच्चको फैसलाविरुद्व आन्दोलनको घोषणा गर्दै ओली पक्षले ब्यूँतायो युथफोर्स (भिडियोसहित)

वि.सं.२०७८ असार २९ मंगलवार

726 

shares

असार २९, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पक्षले युथफोर्सलाई पुनः ब्यूँताउने घोषणा गरेको छ । मंगलबार सर्वोच्च अदालतको आदेशविरुद्व आन्दोलनको घोषणा गर्दै ओली पक्षीय युवा संघ नेपालले युथफोर्स ब्यूँताएको घोषणा गरेको हो ।

ब्यूँतिएको युथफोर्सको कमाण्डरमा युवा संघका वरिष्ठ उपाध्यक्ष क्षितिज थेवे र उपकमाण्डरमा पुष्प श्रेष्ठ चयन भएका छन् । ५०१ सदस्यीय रहने गरि युथफोर्सको कमिटी गठन गरिएको बताइएको छ ।


देश गम्भीर संकटतर्फ उन्मुख हुँदै गएको भन्दै आन्दोलनका कार्यक्रमलाई व्यवस्थित बनाउन युथ फोर्सको गठन गरिएको बताइएको छ ।

युवा संघका इन्चार्ज महेश बस्नेतले जनमतलाई सर्वोच्च अदालतले कुल्चेको भन्दै जनताको आन्दोलन आवश्यक भएको बताए । उनका अनुसार युथफोर्सले देशव्यापी रुपमा गलत राजनीतिको सशक्त प्रतिकार गर्नेछ ।

शान्ति प्रक्रियालगत्तै तत्कालिन वाईसीएलविरुद्व लड्न एमालेले २०६५ सालमा महेश बस्नेतको नेतृत्वमा युथफोर्स गठन गरेको थियो ।

वि.सं.२०७८ असार २९ मंगलवार १३:५८ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...