back
CTIZAN AD

सातबुँदे माग तत्काल पूरा गर्न भन्दै यातायात व्यवसायीहरु धर्नामा

वि.सं.२०७८ असार २९ मंगलवार

771 

shares

२९ असार, काठमाडौं । यातायात व्यवसायीहरु आफूहरुका ७ बुँदे माग तत्काल पूरा गर्न भन्दै आन्दोलनमा उत्रिएका छन् ।

व्यवसायीयहरुले भाडा समायोजन तथा यातायात सम्बन्धीत व्यक्तिहरुलाई कोभिड–१९ को खोप तत्काल लगाउनुपर्ने लगायतका सात बुँदे माग तत्काल पूरा गर्न भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले कोभिड १९ को खोप, मौद्रिक नीतिमा व्यवसायीका समस्या समावेश गरिनुपर्ने, यातायातको वीमा छुट गरिनुपर्ने, यातायातको कागजात र नविकरण गरिनुपर्ने, यातायातको भाडा समायोजन गरिनुपर्ने (पर्यटन, यातायातको भाडादर निर्धारण र ट्याक्सीको फ्लाकडाउन कायम गर्ने), २० वर्ष सवारीको अवधि थप गरिनुपर्ने र सडक कानुन लागू गरिनुपर्ने (ढुवानी यातायातको वर्तमान नीति पुनरावलोकन गर्ने) सातबुँदे माग राखेर आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनमा उत्रिएका सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका अध्यक्ष डोलनाथ खनालले आफूहरुले पटक–पटक माग राख्दा पनि सम्बोधन नभएकोले आन्दोलनमा उत्रन बाध्य भएको बताएका छन् ।

कोरोना भाइरसको महामारीका कारण गरिएको लकडाउनका कारण यातायात व्यवसाय नै धरापमा परेको भन्दै सरकारले विशेष राहत दिनुपर्ने व्यवसायीहरुले माग गर्दै आएका छन् ।

महासंघले यसअघि यातायात व्यवसायीका समस्या समाधान निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीलाई ७ बुँदे मागपत्र बुझाउँदै समय सिमाभित्र माग पूरा नभए सबै प्रकारका सवारी साधनको साचो श्रावण ५ गते सरकार लाई बुझाउने चेतावनी समेत दिएको थियो ।

वि.सं.२०७८ असार २९ मंगलवार १४:०७ मा प्रकाशित

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...