back
CTIZAN AD

धार्मिक पर्यटकीय क्षेत्र बन्दै बाँकेका सन्तानेश्वर मन्दिर

वि.सं.२०७८ साउन ३ आइतवार

831 

shares

३ साउन, राँझा । बाँकेको राप्ती नदीपारि नरैनापुर गाउँपालिकामा अवस्थित सन्तानेश्वर मन्दिर धार्मिक पर्यटकीय क्षेत्र बन्दै गएको छ ।

नेपालगञ्जदेखि करिब ३० किलोमिटर जति टाढा पर्ने सन्तानेश्वर मन्दिर पुग्न करिब आठ किलोमिटर पहाडी जङ्गलको कच्ची बाटोमा पैदलयात्रा गर्नुपर्दछ । नेपालगञ्जबाट २२ किलोमिटर टाढा पर्ने नरैनापुर गाउँपालिकाको कोहलाबाट उत्तरतर्फ आठ किलोमिटर उकालो पहाड हिँडेपछि सन्तानेश्वर मन्दिर पुगिने नरैनापुर गाउँपालिका अध्यक्ष मोहम्मद इस्तियाक अहमद शाहले बताए ।

सन्तानेश्वर मन्दिरमा प्रत्येक शनिबार नेपालगञ्जलगायत जिल्लाका विभिन्न स्थानबाट भक्तजनको भीड लाग्ने गरेको छ । शनिबारमात्रै करिब पाँच हजार भक्तजन मन्दिरमा दर्शनका लागि पुगेको गाउँपालिका अध्यक्ष शाहको भनाइ छ ।

पर्यटनको राम्रो सम्भावना बोकेको सन्तानेश्वर मन्दिरमा जाने बाटो बनिसकेको छैन । अप्ठेरो बाटो भए पनि भक्तजन मन्दिरमा पुग्ने गरेका छन् । शहरभन्दा टाढा जङ्गलको बीचमा पहाडको टाकुरामा मन्दिर रहेकाले त्यहाँको प्राकृतिक मनोरम सौन्दर्य अवलोकन र पैदलयात्राको लागि नेपालगञ्जबाट समूह बनाएर भक्तजन पुग्ने गरेका छन् ।

अन्य दिनभन्दा शनिबार धेरै भीडभाड हुने गरेको छ । शनिबार साथीसँगको समूहमा सन्तानेश्वर मन्दिर दर्शन गर्न पुगेकी नेपालगञ्ज उपमहानगरपालिका–६ निवासी आकृति रानाले जीवनमै अहिलेसम्मको रमाइलो र स्मरणीय भ्रमण भएको बताइन् ।

जङ्गलको बीचमा कच्ची बाटोमा पहाडको उकालो ओरोलो यात्रा गर्नुपर्ने भए पनि मनोरम दृश्य र साथीहरुसँगको समूहमा सजिलै सन्तानेश्वर मन्दिर पुगिएको उनका भनाइ छ ।

नरैनापुर–५ र ६ को बीचमा पर्ने बेदिहवा, झण्डवा हुँदै सन्तानेश्वर नामकरण भएको मन्दिर अहिले जिल्लाभरि चर्चामा रहेको छ । मन्दिरका महन्त ८६ वर्षीय योगानन्द गिरी पहाडी बाबाले विसं १९३५ मै यो ठाउँमा झण्डा गाडिएको बताइन्।

मटेहियाका यादव थरका व्यक्तिले त्यहाँ झण्डा गाडेका थिए । अहिले पनि उनका सन्तानले वर्षमा एकपटक गुरुपूर्णिमाको दिन भण्डारा (निःशुल्क खाना) गर्छन् । विसं २०७० मा यहाँ मन्दिर बनाइएको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार सन्तानेश्वर मन्दिरमा शिवरात्रि, तीजमा विशेष भीडभाड हुने गर्दछ । मन्दिरमा पुगेर चोखो मनले सन्तान मागेपछि सन्तान मिल्छ भन्ने विश्वास रहेको छ । मन्दिरमा सोलार बत्ती र पानीको व्यवस्था तत्काल गर्ने र मन्दिरसम्म पुग्नका लागि बाटो बनाउने योजना रहेको छ ।

वि.सं.२०७८ साउन ३ आइतवार १२:३१ मा प्रकाशित

भन्सार छलेका रु ४१ लाख बढीका सामान बरामद

भन्सार छलेका रु ४१ लाख बढीका सामान बरामद

लुम्बिनी । रुपन्देही प्रहरीले जिल्लाको भैरहवामा एक व्यापारीको गोदामबाट मङ्गलबार...

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

घोराही (दाङ) । दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर एक जनाको...

आहा ! श्रीमञ्ज्याङ लामागाउँ

आहा ! श्रीमञ्ज्याङ लामागाउँ

श्रीमञ्ज्याङ (दोर्दी) । लमजुङको दोर्दी गाउँपालिका–३ स्थित श्रीमञ्ज्याङ लामागाउँ प्रकृति,...

लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा

लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा

घोराही (दाङ) । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्बाट नेपाल कम्युनिष्ट पार्टी...

सत्तरी वर्षमा नागरिकता पाइन् राममायाले

सत्तरी वर्षमा नागरिकता पाइन् राममायाले

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६, डाँडाखर्ककी राममायाँ खत्रीले ७० वर्षको...

वीरगञ्ज महानगरका प्रमुख सिंह लुकेर बसेको अवस्थामा पक्राउ

वीरगञ्ज महानगरका प्रमुख सिंह लुकेर बसेको अवस्थामा पक्राउ

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहलाई पक्राउ गरिएको...