साउन ६, काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेत पछिल्लो समय पार्टी अध्यक्ष केपी शर्मा ओलीका विरोधी जस्ता देखिएका छन् । उनले चालेका कदम र उनका अभिव्यक्ति पनि सोहि दिशातर्फ लक्षित छन् ।
मंगलबार काठमाडौंमा एमाले नेता माधव नेपालविरुद्व गरिएको ‘बाँदर प्रदर्शन’ पनि ओलीप्रति लक्षित रहेको कतिपयको टिप्पणी छ । मंगलबारको प्रदर्शन माधव नेपाललाई क्षति पु¥याउनेभन्दा ओलीलाई क्षति पुर्याउने खालको थियो । ओलीको कदलाई थप घटाउन भूमिका खेलेको प्रदर्शन योजनाबद्ध रुपमा गरिएको एमाले नेताहरुले नै बताएका छन् ।
बताइएअनुसार बस्नेत ओलीलाई असहयोग गर्न योजनाबद्ध रुपमै सक्रिय छन् । उनका पछिल्ला कदम पनि चतुरपूर्वक सोहि शैलीमा चालिएका छन् ।

देउवाको पक्षमा मतदान
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत ओली पक्षकै ९ सांसदले दिएका थिए । बस्नेतका सहकर्मी तथा ओलीका निकै विश्वासपात्र भनिएका तनहुँका सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ को नेतृत्वमा ९ सांसदले देउवालाई मत दिएका थिए ।
तत्कालिन सांसद अपहरण काण्डमा समेत मुछिएका श्रेष्ठको नेतृत्वमा गरिएको यो विद्रोह अर्थपूर्णं मानिएको छ । विद्रोहपछि श्रेष्ठले दिएका अभिव्यक्ति पनि बस्नेतसँग जोडिएका छन् ।
श्रेष्ठ र बस्नेत एमालेभित्रका निकै अनन्य जोडी हुन् ।
‘आइटी आर्मी’को विरोध
ओलीको पक्षमा सामाजिक अभियान चलाउन महेश बस्नेतले ओली साईबर सेनाको निर्माण गरेका छन् । तर, ओलीले बस्नेतलाई नै आउट गरेर पूर्वमाओवादी नेता प्रभु साहको नेतृत्वमा ‘आईटी आर्मी’ घोषणा गरे ।
ओलीको पक्षमा साईबर सेना सक्रिय रहेको बेलामा आइटी आर्मीको गठनले पनि ओली–बस्नेत सम्बन्ध अहसज रहेको देखाउँछ ।
गृहको जिम्मा नदिएदेखि नै असन्तुष्ट
तत्कालिन समय मन्त्रिपरिषद विस्तार गर्ने सन्दर्भमा पनि गृह मन्त्रालयको जिम्मेवारी दिने चर्चा चलाएर ओलीले अन्त्यमा पोखरेली नेता खगराज अधिकारीलाई गृहको चाबी सुम्पेका थिए । निकै लामो प्रर्यत्नका बीच बस्नेतले गृहको चाबी नपाएपछि बालुवाटारका हर्ताकर्ताको खुलेरै विरोध जनाएका थिए ।
उनले सार्वजनिक रुपमै बालुवाटारमा बस्नेले आफुँलाई सिध्याउन खोजेको टिप्पणी गरेका थिए । तत्कालिन समय ओलीप्रति असन्तुष्ट देखिएका बस्नेत पछिल्लो समय कुटनीतिक शैलीमा ओलीलाई असहयोग गर्ने रणनीतिमा देखिएको धेरैको बुझाई छ ।
वि.सं.२०७८ साउन ६ बुधवार १४:०३ मा प्रकाशित






























