back
CTIZAN AD

तिलोत्तमाद्वारा आरन व्यवसायीलाई आधुनिक औजार प्रदान

वि.सं.२०७८ साउन ६ बुधवार

606 

shares

६ साउन, लुम्बिनी । तिलोत्तमा नगरपालिकाले आरन व्यवसायीलाई आधुनिक औँजार तथा उपकरण प्रदान गरेको छ ।

आरन व्यवसाय लोप हुँदै जाने अवस्थामा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले त्यसको आधुनिकीकरणको लागि आरन व्यवसायीलाई विभिन्न औँजार तथा उपकरण निःशुल्क उपलब्ध गराएको हो ।

कृषि क्षेत्रसँग प्रत्यक्षसम्बन्ध राख्ने आरन व्यवसायलाई समयसापेक्ष बनाउँदै व्यवसायीको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले नगरपालिकाले विभिन्न औँजार तथा उपकरण उपलब्ध गराएको नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले बताए ।  नगरपालिकाले वडा कार्यालयको सिफारिसको आधारमा आज आठ जना आरन व्यवसायीलाई औँजार तथा उपकरण प्रदान गरेको हो ।

त्ससअवसरमा नगर उपप्रमुख चौधरीले प्राप्त उपकरणको उपयोग गरी आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्न व्यवसायीलाई आग्रह गरे । व्यवसायीको मागको आधारमा आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै उनीहरुको उत्थान, विकास र सशक्तीकरणका अन्य कार्यक्रम सञ्चालन गरिने प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

उनले परम्परागत पेशाको संरक्षणसँगै यो व्यवसायबाट पनि पर्याप्त आयआर्जन गर्न सकिने हुँदा यहाँका आरन व्यवसायीलाई नमूनाको रुपमा अघि बढाउन चाहेको बताए ।

नगरपालिकाले व्यवसायीलाई ड्रिल मेसिन, पङ्खा, बेल्डिङ मेसिन, ग्लेन्डरलगायतका औँजार प्रदान गरेको हो । पूर्खौंदेखि आरनको काम गर्दै आए पनि हालसम्म राज्यस्तरबाट कुनै पनि सहयोग प्राप्त नभएको अवस्थामा अहिले नगरपालिकाले औँजार तथा उपकरण प्रदान गर्दा आफूहरु निकै उत्साहित भएको वडा नं ११ का कृष्णबहादुर विश्वकर्माले बताए ।

कार्यपालिका सदस्य एचवी रम्तेलले आधुनिक उपकरण नहुँदा आरन व्यवसाय सङकटमा पर्दै गएको पाइएपछि युवालाई यो पेशामा आकर्षण बढाउन नगरपालिकाले उपकरण सहयोग गरेको बताए ।

एक दशकअघिसम्म प्रायः गाउँमा रहेका आरन व्यवसायी पछिल्लो पटक घट्दै गएका छन् । तिलोत्तमा नगरपालिकामा हाल २० जना आरन व्यवसायमा लागेको अनुमान छ ।

वि.सं.२०७८ साउन ६ बुधवार १३:५४ मा प्रकाशित

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

दाङ । तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण...

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको पाँचौ वार्षिक...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...