back
CTIZAN AD

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

वि.सं.२०८३ वैशाख २० आइतवार

1.4K 

shares

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको पाँचौ वार्षिक साधारणसभा आज वैशाख १९ गते सम्पन्न भएको छ ।

बनबाटिकाको हलमा सम्पन्न उक्त कार्यक्रम शाखाका अध्यक्ष सागर पाठकको अध्यक्षता तथा प्रमुख अतिथि, नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव तथा रुपन्देही जिल्ला अध्यक्ष कृष्ण चौहान क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा समाजको सल्लाहकार दिवाकर ढकालले यस्ता संस्थाले समाजको मानवियता बचाइराखेकाले यो संस्थाको हितमा सदैव लाग्ने प्रतिवद्धता जनाए ।

कार्यक्रमका विशिष्ट अतिथि तिलोत्तमा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष गणेश पाठकले यस समाजसँगको सहकार्यमा छिटै रक्तदान कार्यक्रम गर्ने र समाजलाई रु. २० हजार सहयोग वडा कार्यालयको तर्फबाट गर्ने समेत प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा बोल्दै पाठकले यस्ता संस्था भनेको मानविय जीवन बचाउनका लागि व्यक्तिगत स्वार्थभन्दा माथि रहेका संस्था रहेकाले यिनीहरुको संरक्षणमा स्थानिय तहले समेत विशेष ध्यान दिनुपर्ने बताएका थिए ।

प्रमुख अतिथि कृष्ण चौहानले कार्यक्रममा बोल्दै रक्तदान एक कार्यक्रममात्र नभै मानव जीवनसँग प्रत्यक्ष जोडिएको हुनाले स्थानीय सरकार तथा अन्य सरोकारवालाहरुले यस्ता संस्थालाई विशेष रुपमा हेरिदिन आग्रह गरे ।

कार्यक्रममा संस्थाका आजीवन सदस्य इश्वर न्यौपाने, सल्लाहकार डा. अमित के.सी, संरक्षक विश्व पाठक लगायतले आफ्नो मन्तव्य राखेका भएको थियो ।

समाजको महासचिव सम्झना न्यौपानेको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा बरिष्ठ उपाध्यक्ष पूर्णचन्द्र सुवेदीले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा समाजका कोषाध्यक्ष भेषराज आचार्यले संस्थाको आर्थिक प्रतिवेदन पेश गरेका थिए भने अध्यक्ष सागर पाठकद्वारा गत वर्षको कार्यक्रमको समिक्षा र आगामी कार्ययोजना सहितको प्रतिवेदन पेश गरेका थिए उक्त कार्यक्रममा समाजका नयाँ संरक्षक, आजीवन सदस्य, १ वर्ष भित्र संयुक्त आयोजना गर्ने संस्था, समाजका विभिन्न पक्षबाट सहयोग गर्ने संघ संस्थाहरु र यस क्षेत्रमा सर्पको उद्धारका लागि परेको युवा नविन पौडेललाई समेत सम्मान गरिएको थियो ।

वि.सं.२०८३ वैशाख २० आइतवार ०८:२६ मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...